arrow

कांग्रेस संसदीय दलको बैठकमा के–के भयो निर्णय ? (पूर्ण पाठसहित)

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
nc-flag.jpg.jpeg
काठमाडौं । कांग्रेस  संसदीय दलको बैठकले कांग्रेस संसदीय दलको विधान संशोधन र परिमार्जन सहित पारित गरेको छ । नेपाली कांग्रेस संविधानसभा–संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित २०६५) मा गरिएको संशोधन सोही विधानको धारा २३ (१) बमोजिम संशोधित विधान स्विकृतिका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरिएको बताइएको छ ।
 
कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट व्यवस्थापिका–संसदमा स्वतन्त्र उम्मेदवार रहेका अतहर कमाल मुसलमान पुनः पार्टीमा संलग्न भई महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचितभै आएकाले उनले दिएको निवेदन अनुसार दलको सदस्यता दिने गरी केन्द्रीय कार्यसमितिमा अनुमोदनका लागि सिफारिस गर्ने निर्णय भएको कांग्रेस प्रमुख सचेतक चिनकाजी श्रेष्ठले जानकारी दिए । यस्तै, संसदलाई छलेर सरकारले दीर्घकालीन प्रभाव पार्ने किसिमको अध्यादेश ल्याउन लागेको भन्दै त्यस्तो कार्य नगर्न सरकारलाई चेतावनी दिइएको श्रेष्ठले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।
 
विज्ञप्तीकाे पूर्णपाठ                                                                                                                                                                                                                                                                                                                               चैत्र २२, २०७२
प्रेस विज्ञप्ति
 
नेपाली कांग्रेस संसदीय दलको बैठक संसदीय दलका जेष्ठ सदस्य माननीय श्री कुलबहादुर गुरुङज्यूको अध्यक्षतामा व्यवस्थापिका–संसद भवन, बानेश्वरमा बस्यो । 
 
आजको बैठकमा – मा. शेरबहादुर देउवा, मा. रामचन्द्र पौडेल, मा. सीतादेवी यादव, मा. रामकृष्ण यावद, मा. रामचन्द्र पोखरेल, मा. तेजुलाल चौधरी, मा. जीवन परियार, मा. रत्ना शेरचन, मा. महेन्द्र यादव, मा. रामहरी खतिवडा, मा. रामकृष्ण घिमिरे, मा. बुद्धिराम भण्डारी, मा. मोख्तार अहमद, मा. दिलमान पाख्रिन, मा. सूर्यमान गुरुङ, मा. सकलदेव सुतिहार, मा. अब्दुल रज्जाक, मा. प्रकाश शरण महत, मा. मिन विश्वकर्मा, मा. बालकृष्ण खाँण, मा. मदन बहादुर अमात्य, मा. अर्जुन प्रसाद जोशी, मा. ज्ञानेन्द्र बहादुर कार्की, मा. महालक्ष्मी उपाध्याय ‘डिना’ मा. अतहर कलाम मुसलमान, मा. भिसेन दास प्रधान, मा. शेषनाथ अधिकारी, मा. मोहनबहादुर बस्नेत, मा. कमलप्रसाद पंगेनी, मा. फरमुल्लाह मंसुर, मा. सिता गुरुङ्ग र मा. भरत कुमार शाहले आ–आफ्नो धारणा राख्नु भयो ।
 
निर्णयहरु
१. नेपाली कांग्रेस संविधानसभा–संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित २०६५) मा संशोधन गर्न प्रमुख सचेतक मा. चिनकाजी श्रेष्ठले राख्नु भएको संशोधन प्रस्ताव, नेपाली कांग्रेस संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित २०७२) सर्वसम्मतीबाट पारित गर्ने निर्णय गरियो । 
२. नेपाली कांग्रेस संविधानसभा–संसदीय दलको विधान (संशोधन र परिमार्जन सहित २०६५) मा गरिएको संशोधन सोही विधानको धारा २३ (१) बमोजिम संशोधित विधान स्विकृतिका लागि केन्द्रीय कार्यसमितिमा पठाउने निर्णय गरियो । 
 
३. कपिलवस्तु जिल्ला निर्वाचन क्षेत्र नं. २ बाट व्यवस्थापिका–संसदमा स्वतन्त्र उम्मेदवारका हैसियतमा निर्वाचित मा. अतहर कमाल मुसलमान पुनः पार्टीमा संलग्न भई महाधिवेशन प्रतिनिधिमा समेत निर्वाचितभै आउनु भएकोले निज मुसलमानको निवेदन अनुसार दलको सदस्यता दिने गरी केन्द्रीय कार्यसमितिमा अनुमोदनका लागि सिफारिस गर्ने निर्णय गरियो । 
 
४. विभिन्न बहानामा वर्तमान सरकारले आपूर्ति व्यवस्था असहज बनाई कृत्रिम अभाव सिर्जना गर्दै मंहगी, कालाबजारी, तस्करी र भ्रष्टाचारी कृयाकलापलाई बढवा दिने, संरक्षण गर्ने एवं मुलुकका गम्भिर समस्याप्रति गैरजिम्मेवार बनिरहेकोले त्यस्ता जनविरोधि कार्यको घोर भत्सर्ना गर्दै त्यस्ता गतिविधि तत्काल रोक्न, दैनिक उपभोग्य वस्तु सहज आपूर्ति गर्न र सुशासनको प्रत्याभूति गर्न नेपाली कांग्रेस संसदीय दल जोडदार माग गर्दछ । 
 
५ं गत वैशाख १२ र २९ गतेको महाविनाशकारी भूकम्पबाट ज्यू–धन एवं घरवास गुमाएका पिडित जनतालाई राहत वितरण तथा पुनः निर्माणमा यो सरकार गैरजिम्मेवार एवं उदासिन बनेको ठहर गर्दै अविलम्ब राहत र पुनःनिर्माणको प्रभावकारी कार्य गर्न माग गर्दछ । 
 
६. संसदलाई छलेर सरकारले दीर्घकालीन प्रभाव पार्ने किसिमको अध्यादेश ल्याउन लागेको बुझिएकोले त्यस्तो कार्य नगर्न सरकारलाई चेतावनी दिन चाहन्छ । 
 
७. नेपाली कांग्रेसका तत्कालीन सभापति, पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस संसदीय दलका तत्कालीन नेता आदरणीय सुशील कोइरालाको २०७२ माघ २५ गते राती असामयिक र दुःखद निधन भएकोमा नेपाली कांग्रेस पार्टी तथा नेपालको समग्र लोकतान्त्रिक अभियानमानै अपुरणीय क्षति पुग्न गएको छ । यस दुःखद घडीमा स्वर्गीय कोइरालाको दिवंगत आत्माको चीरशान्तिको कामना गर्दै नेपाली कांग्रेस संसदीय दलको आजको बैठक शोक प्रस्ताव पारित गर्दछ । साथै उहाँप्रति हार्दिक श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना प्रकट गर्दछ ।
 
चिनकाजी श्रेष्ठ
प्रमुख सचेतक
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ