arrow

कहाँ, कसरी हुँदैछ कांग्रेस संसदीय दलको निर्वाचन ? (कार्यक्रमको पूर्ण विवरण)

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
congress-party-office.jpg.jpeg
काठमाडौं । कांग्रेस संसदीय दलको निर्वाचन कार्यक्रम सार्वजनिक भएको छ । सार्वजनिक कार्यक्रम अनुसार संसदीय दलको निर्वाचन कार्यक्रम २४ गतेबाट सुरु हुने छ । २४ गते अपरान्ह ३ बजे मतदाता नामावली प्रकाशन हुने छ । सोही दिन अपरान्ह ४ बजे मतदाताको अन्तिम नामावली प्रकाशन हुने भएको छ । उम्मेदवारको अन्तिम नामावली भने चैत २५ गते बेलुकी साढे ५ बजे प्रकाशन हुने कार्यक्रम छ । 
 
निर्वाचनको मतदान २६ गते शुक्रबार बिहान ९ बजे देखि दिउँसो १२ बजे सम्म हुने छ । मतदान नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने भएको छ । संसदीय दलको नेताका लागि हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्प्रर्धा हुने भएको छ । 
 
कार्यक्रमको पूर्ण विवरण 
 
निर्वाचन कार्यक्रम
यही २०७२ साल चैत्र २६ गतेका दिन नेपाली कांग्रेस व्यवस्थापिका–संसद, संसदीय दलको कार्यसमितिको निर्वाचन हुने भएको हुँदा नेपाली कांग्रेसका व्यवस्थापिका–संसदका सम्पूर्ण माननीय सदस्यज्यूहरुको जानकारीको लागि देहाय बमोजिमको निर्वाचन कार्यक्रम प्रकाशन गरिएको छ । 
१. निर्वाचन हुने पद : नेपाली कांग्रेस व्यवस्थापिका–संसद संसदीय दलको कार्यसमिति ।
(क) प्रत्येक प्रदेशबाट एक-एक जना गरी ७ (सात) जना सदस्य ।
(ख) समानुपातिक  प्रतिनिधित्वको  सिद्धान्त बमोजिम १५ (पन्ध्र) जना सदस्य ।
२. मतदाता नामावली प्रकाशन : २०७२ साल चैत्र २४ गते अपरान्ह ३ः०० बजे ।
३. मतदाता नामावली उपर दावी विरोध (छुट वा सच्चाउने) : चैत्र २४ गते अपरान्ह ३ः०० बजे देखि अपरान्ह ३ः३० बजेसम्म ।
४. मतदाताको दावी विरोधमा जाँचबुझ गरी अन्तिम नामावली प्रकाशन : चैत्र २४ गते अपरान्ह ४ः०० बजे ।
५. मतदान केन्द्र ः नेपाली कांग्रेस संसदीय दलको कार्यालय परिसर, सिंहदरबार काठमाडौं ।
६. उम्मेदवारको लागि दरखास्त : २०७२ साल चैत्र २५ गते विहान ११ः०० बजे देखि दिउसो १ः०० बजेसम्म ।
७. उम्मेदवारीको दरखास्त साथ दाखिल हुनुपर्ने शुल्क : रु ५०००।– (पाँच हजार रुपैयाँ मात्र) ।
८. उम्मेदवारको  प्रथम नामावली प्रकाशन : चैत्र २५ गते दिउसो १ः३० बजे ।
९. उम्मेदवारको दरखास्त उपर दावी विरोध :  चैत्र  २५ गते दिउसो १ः३० बजे देखि २ः०० बजेसम्म ।
१०.उम्मेदवारको दावि विरोधको जाँचबुझ गरी दोश्रो नामावली प्रकाशन : चैत्र २२ गते दिउसो २ः१५ बजे ।
११. उम्मेदवारले नाम फिर्ता लिने : २०७२ साल चैत्र २५ गते दिउसो २ः१५ बजे देखि ५ः०० बजेसम्म ।
१२. उम्मेदवारको अन्तिम नामावली प्रकाशन : चैत्र २५ गते अपरान्ह ५ः३० बजे
१३. मतदान : २०७२ साल चैत्र २६ गते शुक्रबार विहान ९ः०० बजे देखि १२ः०० बजेसम्म ।
(क) निर्वाचन कार्यक्रम प्रकाशित स्थान, मिति र समयभित्र मतदान क्षेत्रमा प्रवेश गरी लाम लाग्ने मतदातालाई मतदान गर्न दिइनेछ । 
(ख) मतदान गर्न आउँदा मतदाताले अनिवार्य रुपमा आफ्नो परिचय खुल्ने फोटो सहितको प्रमाण÷परिचयपत्र लिएर आउनु पर्नेछ । 
१४. मतगणना :मतदान समाप्त भएपछि । 
१५. निर्वाचन परिणामको घोषणा : मतगणना समाप्त भएपछि । 
 
 
........................                                      ............................                                  ...........................
गुरुराज घिमिरे                                       सुरेन्द्र राज पाण्डे                                      रमेश रिजाल
सदस्य                                                   सदस्य                                                    संयोजक
निर्वाचन समिति                                    निर्वाचन समिति                                      निर्वाचन समिति
 
मिति :२०७२।१२।२२

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ