arrow

भूकम्पले मिरपुर थला पर्यो, २६ को ज्यान लग्यो, ३०० भन्दा बढी घाइते     

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
earthquake-pakistan.jpeg

काठमाडौं । पाकिस्तानमा मङ्गलबार दिउँसो गएको शक्तिशाली भूकम्पमा परी कम्तीमा २६ जनाको मृत्यु भएको छ ।

पाकिस्तानको मिरपुरमा यसको सबैभन्दा बढी असर पुगेको छ । मिरपुरका डेपुटी इन्स्पेक्टर जनरल सरदार गुल्फाराजले पूर्वी पाकिस्तानको मिरपुरलाई केन्द्रविन्दु बनाएर गएको भूकम्पका कारण उक्त क्षेत्रमा सबैभन्दा बढी व्यक्तिको मृत्यु भएको र अहिलेसम्म २६ को निधन भएको जानकारी दिए । 

सबैभन्दा बढी असर मिरपुरमा परेको छ । मिरपुर र आसपासका क्षेत्रमा २६ जनाको मृत्यु हुनुका साथै ३०० भन्दा बढी व्यक्ति घाइते भएका छन् । 

भूकम्पका कारण पाकिस्तान प्रशासित कश्मिरका कतिपय स्थानहरूका घरहरूमा पूर्ण तथा आंशिक क्षति भएको, सडकमा ठूला–ठूला चिरा परेको, विद्युतका पोलहरू ढलेको, टेलिफोनका टावरहरूमा क्षति भएको छ ।      
     
पूर्वी पाकिस्तान र भारतमा समेत झड्का महशुस भएको थियो । भूकम्पको मापन भने फरक फरक गरिएको छ । अमेरिकी भूगर्भ विभागले भूकम्प ५.८ रेक्टर स्केलको रहेको जनाएको छ । 

पंजाब प्रान्तको झेलममा ५.८ रेक्टर स्केल मापन गरिए पनि पाकिस्तानी मन्त्री फवाद चौधरीले ७.१ रेक्टर स्केलको भएको बताएका छन् । 

पाकिस्तानी मिडियाहरुका अनुसार पहिलो झड्का दिउँसो ३ बजे गएको भए पनि ४ः२१ र ४ः३१ को बीचमा ठूलो झड्का आएको थियो । 

मिरपुरमा एक भवन ढल्दा एकै ठाउँमा ५० जना घाइते भएका थिए । पाकिस्तानको पेशावर, रावलपिन्डी, लाहौर, स्कर्दू, फैसलाबाद, सियालकोट, मुल्तान लगायतमा भूकम्पको झड्का महसुस गरिएको थियो । 

त्यस्तै भारतको हिमालयन क्षेत्रमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । जम्मू–कश्मीरसहित दिल्लीसम्म भूकम्पको महसुस भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ