arrow

एनआईसी एशिया बैंकका ग्राहकलाई सेल्सबेरी तथा सेलवेजमा १५% छुट

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
nicasiabanklogo.png

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेड र  सेल्सबेरी र सेलवेज डिपार्टमेन्ट स्टोरबीच एनआईसी एशियाको मोबाइल बैंक एप प्रयोग गरी क्यूआर मार्फत् सामान खरिद गर्दा १५ प्रतिशत वा अधिकतम ५ सयसम्म छुट प्रदान गर्ने सम्झौता भएको छ । 

यो योजना सेल्सबेरी डिपार्टमेन्टल स्टोरको सबै आउटलेटहरुमा र सेलवेज डिपार्टमेन्टल स्टोरको पोखरा आउटलेटमा लागू हुने  बैंकले जनाएको छ । उक्त सम्झौतापत्रमा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठी र सेलवेज क्यास एण्ड क्यारीका प्रमुख वित्त अधिकृतसन्दिप प्रधानाङ्गले हस्ताक्षर गरेका हुन् । 

यो योजना आश्विन पहिलो हप्तादेखि छठ पर्वसम्म लागू हुनेछ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ