काठमाडौं । कुमारी बैंक र उपाय सर्भिसेजबीच व्यवसायिक परामर्श सम्बन्धी सहकार्य गर्ने समझौता भएको छ। उक्त सम्झौंता अन्तर्गत नयाँ कम्पनी दर्ता, कम्पनीे खारेजी, लेखासँग सम्बन्धित सेवाहरु, ऋण आवेदन तथा नवीकरणका लागि आवश्यक कागजात र प्रक्रियाको सेवा, वार्षिक विवरण दाखिला, करसँग सम्बन्धित कागजात तयार लगायतका विविध सेवाहरु कम्पनीले बैक तथा ग्रागकलाई प्रदान गर्नेछ।
यसका साथै बैंकका कर्मचारीहरुको विश्लेषणात्मक तथा प्राविधिक क्षमता अभिवृद्धिका लागि विभिन्न किसिमका तालिम र प्रशिक्षणहरु दिने विषयमा उक्त कम्पनीसँग सम्झौता भएको छ। सम्झौता अनुसार बैंकका ऋणीहरुले उपाय सर्भिसेजबाट लिने सेवाहरुमा विशेष छुट पाउने छन्।