arrow

नरेन्द्र मोदीलाई प्रतिष्ठित ‘ग्लोबल गोलकिपर अवार्ड’ 

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
modi5.jpeg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई बिल एन्ड मेलिन्डा गेट्स फाउन्डेशनले प्रतिष्ठित ‘ग्लोबल गोलकिपर अवार्ड’ दिएको छ । 

मोदीलाई मंगलबार लिंकन सेन्टर अफ परफर्मिङ आर्टसमा भएको एक कार्यक्रममा दिइएको हो । 

उनलाई यो पुरस्कार स्वच्छ भारत अभियानमार्फत स्वच्छताको क्षेत्रमा नेतृत्व गरेकाले दिइएको हो । 

विकास कार्यक्रमको क्षेत्रमा दिइने यो पुरस्कारलाई निकै प्रतिष्ठित मानिन्छ । यो मौकामा प्रतिष्ठानले अभियानबाट भारतमा ५० करोड मानिसलाई स्वच्छता सुरक्षा मिलेको बताएको छ । 

PM Modi receives global goalkeeper award in New York

पुरस्कार ग्रहण गरेपछि प्रधानमन्त्री मोदीले भने, ‘यो सम्मान मेरो नभई करोडौं भारतीयको हो जसले स्वच्छ भारतको संकल्पलाई सिद्ध गरेका छन् ।’

उनले महात्मा गान्धीको १५० औं जन्मजयन्तीको अवसरमा दिइएको यो पुरस्कार व्यक्तिगत जीवनका लागि पनि निकै महत्वपूर्ण भएको बताए । 

उनले यदि १३० करोड मानिसको जनशक्ति कुनै एक संकल्प पूरा गर्नमा लाग्ने हो भने कुनै पनि चुनौतीमाथि जित हासिल गर्न सकिने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ