arrow

कम्युनिष्ट सरकारका पालामा अर्थतन्त्र ओरालो

मलेसिया रोजगारी बन्द हुँदा ३१ प्रतिशतले रेमिट्यान्स घट्यो

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
Ministry-Finance-hamrakura-1.jpg.jpeg

काठमाडौं। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी ओली नेतृत्वमा सरकार बनेपछि अर्थतन्त्र ओरालो लाग्ने क्रम जारी छ। सेयरको मूल्य घटेको घट्यै छ। कुनै पनि देशको विकासको संकेत सेयर मापनले देखाउँछ। तर नेकपाको सरकार बनेपछि सेयर कारोबार मापन गर्ने नेप्से ओरालो लागेको लाग्यै छ। कहिल्यै माथि आउन सकेको छैन।

चालु आर्थिक वर्षको पहिलो महिनामा रेमिट्यान्स (विप्रेषण) को बृद्धिदर घटेको छ। हाल रेमिट्यान्स देशको अर्थतन्त्रको मेरुदण्ड मानिन्छ। राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार चालु आर्थिक बर्षको पहिलो महिनामा रेमिट्यान्सको बृद्धिदर अत्याधिक घटेको देखिएको हो।

तथ्यांक अनुसार अघिल्लो आवको पहिलो महिनाको तुलनामा चालू आवको पहिलो महिना रेमिट्यान्स ३१.१ प्रतिशत बिन्दुले घटेको देखिएको छ। गत साउनमा ३३.१ प्रतिशत बिन्दुले बढेको रेमिट्यान्स समीक्षा अवधिमा २ प्रतिशत बिन्दुले मात्रै बढेको छ।

चालु आवको पहिलो महिनामा ७५ अर्ब ४० करोड रुपैँया रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंक विदेशी विनिमय विभागले विदेशमा काम गर्न जाने कामदारको संख्या घटेकाले रेमिट्यान्सको बृद्धिदरमा कमी आएको तथ्यांक सार्वजनिक गरेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टको निर्णयले मलेसिया रोजगारी बन्द हुँदा कामदार जान नपाएका हुन्। र, त्यसले गर्दा मलेसियाको रेमिट्यान्स आउन नसक्दा ३१.१ बिन्दुले घटेको छ। नेपालमा मलेसियाबाट समग्र रेमिट्यान्सको ३० देखि ३५ प्रतिशत भित्रन्छ। अब रोजगारीका लागि मलेसिया खुलेपछि यसको अर्थतन्त्रमा कस्तो प्रभाव पर्छ हेर्न बाँकी छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ