arrow

वैदेशिक रोजगार व्यवसायी संघमा नेकपाको पत्तासाफ हुनुमा गोकर्ण बिष्टमाथि गम्भीर आरोप

संघको इतिहासमै पहिलो पटक लोकतान्त्रिक समूहको कब्जा

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
gokarna-bista1.jpg

काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको निर्वाचनमा नेकपा निकट सरोज पोखरेलको संयुक्त ब्यवसायिक समूहको पत्तासाफ भएको छ । मंगलबार भएको निर्वाचनमा लोकतान्त्रिक समूहका बिष्णु गैरेको समूहले १७ पदमै बिजय हासिल गरेको छ । संघमा इतिहासमै पहिलो पटक लोकतान्त्रिक समूहले सबै पदमा जितेको छ । 

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले बैदेशिक रोजगार ब्यवसायलाई धरासायी पार्न धरौटी बढाउनेदेखि मलेसिया रोजगारी १६ महिनासम्म बन्द गरेकाले धेरै ब्यवसायी पेशाबाटै पलायन भए ।

कति ब्यवसायीहरु ऋण तिर्न नसकेका कारण समस्यामा परेका छन् । देशको अर्थतन्त्रको मेरुदण्ड मानिएको रेमिट्यान्स भित्र्याउने बैदेशिक रोजगारलाई मन्त्री बिष्टले अपराधीको नजरले हेर्ने गरेकाले पनि नेकपाप्रति ब्यवसायी असन्तुष्ट भएका थिए । जुन मंगलबारको चुनावले देखाएको छ । 

एमालेमात्रै हुँदा पनि जित्ने बैदेशिक रोजगार ब्यवसायी संघमा माओवादीसँग एकता भएपछि झन् पत्तासाफ भएको छ । केपी ओली सरकारको दम्भका कारण पनि नेकपाको पराजय हुन पुगेको ब्यवसायी बताउँछन् । 

१६ महिनासम्म मलेसिया विनाकारण बन्द गरेकाले २ खर्ब ५० करोड रेमिट्यान्स गुम्यो । मन्त्री बिष्टको इगोका कारण मलेसिया रोजगारी बन्द गराई देशको अर्थतन्त्रमा धक्का लाग्न पुग्यो । 

मन्त्रीले मलेसिया कामदार पठाउने भीएलएन, जीएसजी, स्वास्थ्य परीक्षण गर्ने संस्थाहरुको ब्यापार हत्याउने स्वार्थ पूरा गर्नका लागि २ खर्ब ५० करोड रेमिट्यान्स गुमाउनुपरेको छ ।  

मन्त्री बिष्टले उद्घाटन सत्रमै ब्यवसायीबिरुद्ध बोलेपछि नेकपा निकट ब्यवसायी नै रुष्ट भएका थिए । निर्वाचनमा  लोकतान्त्रिक फोरमबाट प्रथम उपाध्यक्षमा कमल तामाङ, द्वितीय उपाध्यक्षमा कमलदेव मल्ल, तृतीय उपाध्यक्षमा किशोर कुमार, महासचिवमा सुजित श्रेष्ठ, सचिवमा मेघनाथ भुर्तेल र कोषाध्यक्षमा इन्दिरा गुरुङ बिजयी भएका छन् । 

लोकतान्त्रिकबाटै सदस्यमा कर्णराज कटुवाल, दिनेशकुमार राय (राहुल), सुरेन्द्र अर्याल, हर्कबहादुर लिम्बु, बिजय लामा, बाबुलाल मगर, केशवराज न्यौपाने, छविलाल भट्टराई, जंगबहादुर तथा लक्ष्मण पौडेल पनि बिजयी भएका छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ