arrow

ग्यासको भाउ सरकारले घटायो व्यवसायीले घटाएनन्, उर्दी जारी गर्यो आयल निगमले 

logo
प्रकाशित २०७६ असोज ८ बुधबार
gas-cylinder.jpeg

काठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासको मूल्य घटाए पनि व्यवसायीहरुले पुरानै मूल्यमा बिक्री गरेपछि निगमले उर्दी नै जारी गरी घटेको मूल्यमा विक्री वितरण गर्न निर्देशन दिएको छ । 

गत असोज ३ गते राति १२ बजेदेखि लागु हुने गरी ग्यासको मुल्यमा २५ रुपैयाँ कम गरे पनि व्यवसायीहरुले मूल्य नघटाई विक्री गरेपछि घटेको मूल्यमा विक्री गर्न निगमले निर्देशन दिएको हो । 

सो अनुसार नभए कार्वाही गर्ने चेतावनी आयल निगमले दिएको छ । 

उपभोक्ताको गुनासो आएपछि निगमले बजार अनुगमन गरेको थियो । अनुगमनका क्रममा पुरानै मूल्यमा बिक्री भएको पाइएको निगमले जनाएको छ । खुद्रा पसलले ग्यासको मूल्य नघटाए निगमले कारबाही गर्ने चेतावनीसहितको विज्ञप्ति सार्वजनिक गरेको छ । 

चाडवर्पका बेला उपभोक्तालाई राहत हुने आशयले मूल्य घटाइएको तर व्यापारीबाट त्यसको कार्यान्वयन नभएको सुन्नमा आएकाले निगमले अनुगमन गरेको निगमका प्रवक्ता वीरेन्द्र गोइतले बताए । 

अन्तर्राष्ट्रिय बजारमा कायम रहेको पेट्रोलियम पदार्थको मूल्यअनुरूप भदौ १५ गते इन्डियन आयल कर्पोरेसनबाट निगमलाई प्राप्त हवाई इन्धन र एलपी ग्यासको नयाँ खरिद मूल्य घटेर आएकाले मूल्य समायोजन गरिएको थियो ।

नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी निगमले अन्तर्राष्ट्रिय हवाई उठानतर्फको इन्धनको मूल्य पनि घटाएको थियो ।

काठमडौं उपत्यका लगायत अन्य पहाडी क्षेत्रमा प्रतिसिलिन्डर १३ सय ७५ रुपियाँमा बिक्री हुँदै आएको ग्यासलाई अहिले २५ रुपियाँ घटाएपछि अब १३ सय ५० मा झारिएको छ । 

त्यस्तै दाङ, बाँके, बर्दिया, कैलाली र कन्चनपुरमा १३४० रुपैयाँमा बिक्री हुँदै आएको ग्यासलाई १३१५ रुपैयाँमा झारिएको छ । 

अन्य तराई क्षेत्रमा १३५५ मा बिक्री हुँदै आएको ग्यासलाई १३३० रुपैयाँमा झारिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ