arrow

हवाई आक्रमणमा परी ११० विद्रोही मारिए

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज ८ बुधबार
flag-afganistan.jpg

काबुल। अफगानिस्तानमा सुरक्षाकर्मीहरुले गरेको हवाई आक्रमणमा परी ११० भन्दा बढी विद्रोही मारिएका छन्। घटनामा परी अरू चार दर्जनभन्दा बढी विद्रोही लडाकूहरु गम्भीर घाइते पनि भएको अधिकारीहरुले जानकारी दिएका छन्। देशको उत्तरी क्षेत्रमा पर्ने सारी पुल, जावज्वान र फार्याब प्रान्तमा मङ्गलबार राति आक्रमण भएको एक जना सैनिक प्रवक्ताले बुधबार जनाएका छन्।

सेनाका उत्तरी क्षेत्रीय प्रवक्ता मोहम्मद हानिफ रेजाइले दिएको जानकारी अनुसार तालिवान लडाकूहरुले अखडा बनाएर राखेको थाहा पाएर सुरक्षाकर्मीहरुले ती ठाउँमा आक्रमण गरेका हुन्।

सारी पुलको क्वाशक्वारी क्षेत्र, फर्याबको क्वारामक्वाल जिल्ला र जावज्वान प्रान्तको गार्डानमा सुरक्षा कारबाही गरिएको हो। सैन्य अधिकारीहरुका अनुसार आक्रमणमा परी ५० भन्दा बढी लडाकूहरु घाइते भएका छन् भने सुरक्षाकर्मी र आम नागरिकतर्फ कोही घाइते भएका छैनन्।

अफगानिस्तानमा हुन लागेको राष्ट्रपतीय निर्वाचनका लागि मतदानको दिन नजिकिँदै गर्दा सुरक्षा अवस्थालाई मजबुद गराउने उद्देश्यले सुरक्षा कारबाही आक्रामक गराइएको प्रवक्ता रेजाईले बताए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ