arrow

इयु र भारतको संयुक्त विज्ञप्ती नाङ्गो हस्तक्षेप

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
news-photo-bp.jpg.jpeg
काठमाडौँ । युरोपीयन युनियन र भारतले संयुक्त रुपमा जारी गरेको विज्ञप्तिमा उल्लेख बुँदाले नेपालको राष्ट्रियतामाथि गम्भीर हस्तक्षेप गर्न खोजेको राजनीतिक दल तथा विज्ञहरुले बताएका छन् । काठमाडौंमा भएको छलफलका क्रमा राजनीनिज्ञ तथा विज्ञहरुले नेपालको नयाँ संविधान र राजनीतिक विषयमा इयु र भारतले गरेको टिप्पणीले आफुहरुको ध्यानाकर्षण भएको बताए ।  
 
नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादी निकट देशभक्त जनवादी मोर्चाले आयोजना गरेको कार्यक्रममा सवै नेताहरुले आफ्ना धारणा राखेका छन्  । चन्द नेतृत्वको माओवादी स्थायी समिति सदस्य धर्मेन्द्र बास्तोला, एमाओवादी पोलिट्ब्युरो सदस्य विश्वभक्त दुलाल, नेकपा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य हरीभक्त कँडेल, सिमाविद् बुद्धिनारायण श्रेष्ठ, वामबुद्धिजीवि डा. ऋषिराज बराल लगायतका बक्ताहरुले इयु र भारतको संयुक्त विज्ञप्तिप्रति घोर आपत्ति जनाएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ