- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । भारतीय केन्द्रीय मन्त्री जितेन्द्र सिंहले प्रधानमन्त्री नरेन्द्र मोदीलाई भारतका पिता नमान्ने भारतीय नै हुन नसक्ने बताएका छन् ।
प्रधानमन्त्री कार्यालयमा बुधबार बोल्दै राज्यमन्त्री सिंहले विदेशमा रहने भारतीयले आफू भारतीय रहेको गर्व गर्ने भन्दै उनीहरुले यो मोदीको व्यक्तित्व र उनको व्यवहारबाट देशको सम्मान बढेको बताए ।
उनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका लागि प्रयोग गरेका शब्दहरुले जस्तोसुकै भारतीयले पनि आफू भारतीय भएको गर्व महसुस गर्ने प्रतिक्रिया दिएका हुन् ।
गत मंगलबार ट्रम्पले मोदीलाई भारतका पिता भनेका थिए । अमेरिकाको न्यूयोर्कमा उनले भारत पहिले जर्जर रहेकामा मोदीले नयाँ भारत बनाउन निकै मेहनतपूर्वक काम गरेको बताएका थिए ।
मोदीले आतंकवाद र आन्तरिक समस्या विरुद्ध राम्रो तरिकाले लडाइँ लडेको ट्रम्पको विश्वास छ । एक बाबुले खेल्ने भूमिका मोदीले सबै खेलेको पनि ट्रम्पले बताएका थिए ।