arrow

बाजुरामा भीषण हावा हुरी, स्थानीयको होस उड्यो

logo
प्रेम रौले,
प्रकाशित २०७२ चैत २२ सोमबार
bajura-huri.jpg.jpeg
बाजुरा । सोमबार दिउसो एका–एक मौसममा आएको वदलीले भीषण हावा हुरीसंगै परेको असिना पानीले स्थानीको विचल्ली बनाएको छ । बेलुकी साढे ४ बजे एक्कासी चलेको हावा हुरीले जस्ताले छाएका घरका छाना, त्रिपाल टाँगेर बनाइएका टहरा  उडाएको छ भने, असिना पानीले स्थानीय किसानका खेतमा पाक्नै लागेका गहुँ र जौ झरेको छ । 
 
तीब्र गतिमा चलेको हावा हुरीले धुलो उड्दा सदरमुकामका नजिकका स्थान समेत स्थानीयले देख्न सकेनन् । हावा हुरीसंगैको असिना पानीले स्थानीय त्रसित समेत भए । हावा हुरीका कारण कामकाजी स्थानीहरु मर्कामा बढी परे । हावा हुरीकै कारण मानवीय क्षती नभएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हावा हुरी चलेपछि स्थानीयहरु घरभित्र बाट बाहिर निस्कन सकेनन् ।  
 
एका–एक चलेको हुरीले बडिमालिका नगरपालिका किमुखोलामा रहेको दिनेश रोकायाको टिनको छाना हावाले उडाएको छ ।  जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक दान बहादुर रोकायाले अपरान्हपछी हुरी आएकाले त्यति भागदौड नभएको र मानविय क्षती नभएको बताए । उनले हुरी र असिना पानीले गरेको नोक्सानीको विवरण आउन बाँकी रहेको जानकारी दिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ