arrow

एमाले पोलिटब्युरो बैठकमा आफ्नै सरकार संचालनको बहस

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौं । लामो अन्तरालपछि एमाले पोलिटब्युरोको बैठक बस्न लागेको छ । मङ्गलबारदेखि पार्टी केन्द्रीय कार्यालय धूमबाराहीमा बस्ने बैठकमा चैत २७–३० सम्म काठमाडौँमै केन्द्रीय कमिटीको बैठक तय भएको सन्दर्भ पारी छलफल हुन लागेको हो । 
 
बैठकबारे जानकारी दिँदै एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने जनाएका छन् । 
 
स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन । स्थायी कमिटीको यसअघिको निर्देशन बमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव ईश्वर पोखरेलले प्रस्तुत गरेकोे प्रस्तावमा केही नेताले असन्तुष्टि जनाएका थिए । सोबारे सहमति जुटाउन एमालेका शीर्ष नेताबीच अनौपचारिक छलफल भइरहेको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ