arrow

सिटौला नेतृत्वका २५ सांसद संसदीय दलको नेता सहमतिबाटै छान्ने पक्षमा

logo
प्रकाशित २०७२ चैत २२ सोमबार
krishna-sitaula.jpg.jpeg
काठमाडौं। नेपाली काँग्रेस संसदीय दलको निर्वाचनको सन्दर्भमा छलफल गर्न पार्टी नेता कृष्णप्रसाद सिटौला, गगन थापा लगायतका २५ जना सांसदहरूको भेला बसेको छ। भेलाले संसदीय दलको निर्वाचनमा सहमतिबाटै नेतृत्वको चयनका लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष निकालेको छ।  
 
नेपाली काँग्रेस १३औ महाधिवेशनमा पहिलो चरणमा सभापति पदमा कसैको पनि आवश्यक मतसंख्या नपुगेपछि दोस्रो चरणको मतदानमा प्रवेश गर्नु अगावै पहिलो चरणको मतदानमा व्यक्त मतको समेत सम्मान गर्दै पार्टीभित्र सबैको भावना समेट्ने अवस्था सुनिश्चित गर्न गरेको आव्ह्वान र पहलकदमीलाई स्मरण गर्दै संसदीय दलको निर्वाचनमा पनि सहमतिको लागि आह्वान गर्दै त्यसका निम्ति पहल गर्ने निष्कर्ष हो।  
 
'हाम्रो पहल र प्रयासका वावजुत, पार्टी महाधिवेशनबाट नेतत्व छनौट गरेर फर्कदै गर्दा कुनै पनि गुटमा विभाजित भएको काँग्रेस होइन, एकतावद्ध भएको काँग्रेस भएको सन्देश लिएर जाने महाधिवेशनमा सहभागि प्रतिनिधी र सम्पर्ण काँग्रेसजनको यहि चाहनालाई मुर्तता दिन सकेनौं। फेरि एकपटक संसदीय दलको निर्वाचनमा त्यो अवसर आएको छ। पार्टीको आवश्यकता र समग्र काँग्रेसजनको चाहनालाई समेत मध्यनजर गर्दै सवैको भावना समेटिने र महाधिवेशनमा व्यक्त मतको सम्मान हुने गरि सहमतिमा नै संसदीय दलको नेतृत्व चयन गर्नु ठिक हुन्छ। त्यो एकताबद्ध काँग्रेसले मात्रै आज हाम्रासामु देखिएका चुनौतिको एकमुष्ट सामना गर्न र राष्ट्रिय राजनीतिमा समेत सकारात्मक सन्देश प्रवाह हुन सक्छ। त्यसका निम्ति हामीले पहल गर्नुपर्छ। ' भेलाले निर्णय गरेको छ। 
 
निर्वाचनको मतदान २४ गते बुधबार बिहान ११ बजे देखि दिउँसो २ बजे सम्म हुने छ। मतदान नेपाली कांग्रेस संसदीय दलको कार्यालय, सिंहदरबारमा हुने भएको छ। संसदीय दलको नेताका लागि हुने निर्वाचनमा पार्टी सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्प्रर्धा हुने भएको छ । यसका लागि संसदीय दलको विधान सोमबारै बसेको संसदीय दलको वैठकले संसोधन गरि केन्द्रीय समितिको वैठकले अनुमोदन गरेको छ। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ