वैदेशिक रोजगारीमा क्लीन स्वीप गरेको टीमलाई शेर बहादुरले दिए बधाई

प्रकाशित मिति : २०७६ असोज १० शुक्रबार

काठमाडौं। नेपाल वैदेशिक रोजगारी व्यवसायी संघमा क्लीन स्वीप गरेको लोकतान्त्रिक टीमलाई नेपाली कांग्रेसका सभापती शेर बहादुर देउवाले बधाई दिएका छन्। आफ्नै निवास वुढानिलकण्ठमा उनले नवनिर्वाचित बैदेशिक रोजगार व्यवसायी संघको टीमलाई बधाई दिएका हुन्।

बधाई दिन आयोजित संक्षिप्त कार्यक्रममा सभापति देउवाले वैदेशिक रोजगार क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस प्रतिबद्ध रहेको जनाए। भेटका देउवाले देशमा पर्याप्त रोजगारीको अवस्था सिर्जना नभएसम्म बैदेशिक रोजगारको बिकल्प नरहेकोले देशको अर्थतन्त्रमा बैदेशिक रोजगारको महत्वपूर्ण भुमिका रहेको  उल्लेख गर्दै यस क्षेत्रमा रहेका समस्या समाधान गर्न नेपाली कांग्रेस ब्यवसायीका साथमा रहेको बताए।

सुरक्षीत, मर्यादित र ब्यवस्थित रोजगारको क्षेत्रमा ब्यवसायीलाई लाग्न देउवाले आग्रह पनि गरे। नेपाल बैदेशिक रोजगार ब्यवसायी संघका नवनिर्वाचित अध्यक्ष बिष्णु प्रसाद गैरे सहित नवनिर्वाचित पदाधिकारीहरु सभापती देउवालाई भेटन देउवा निवास पुगेका थिए।

संघको निर्वाचित टोलीले कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल र कांग्रेस महामन्त्री डा शशांक कोइरालालाई समेत भेट गरेका थिए।

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ