गैरीधारामा इसुजुको नयाँ शोरुम सञ्चालनमा

प्रकाशित मिति : २०७६ असोज ११ शनिबार

काठमाडौं । इसुजु नेपालले काठमाडौं स्थित गैरीधारामा आफ्नो नयाँ शोरुम सञ्चालनमा ल्याएको छ । नेपालका लागि इसुजु गाडीको अधिकृत विक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजले शुक्रबार गरेको एक कार्यक्रममा नेपालका लागि जापानी राजदूत मासामिची साइगोले रिवन काट्दै उक्त सोरुमको उद्घाटन गरेका हुन्।  

शोरुम उद्घाटन समारोहमा बोल्दै कन्टिनेन्टलका प्रमुख सुहृदराज घिमिरेले कम्पनीले इसुजुका चार मोडलका गाडी नेपाल ल्याएको बताए । प्रभावकारी सेवा र पार्टपुर्जा उपलब्ध गराउनका लागि कम्पनीले नेपालभर १५ वटा सर्भिस नेटवर्क विस्तार गरिसकेको र चाँडै नै अन्य ठाउँमा पनि विस्तार गर्ने जनाए।   

इसुजुका नेपालमा हाल २५ लाख देखि एक करोड ४५ लाखसम्मको गाडी उपलब्ध रहेको उनले बताउदै उनले नेपालमा रहेका इसुजुका हजारौ ग्राहकहरु सन्तुष्ट रहेको दाबी गरे । 

Image may contain: 5 people, people standing and outdoor

Image may contain: 3 people, people smiling, people standing and outdoor

Image may contain: 4 people, outdoor

Image may contain: 2 people, people standing

Image may contain: one or more people

Image may contain: 2 people, people standing

ईआइसिटी नेपाल प्रालिद्धारा संचालित हाम्राकुरा डटकममा प्रकाशित कुनै पनि सामाग्री ईआइसिटी नेपालको पूर्व जानकारी विना हुवहु एवं आंशिक रुपमा समेत कपी गरि प्रकाशन गर्नु दण्डनीय छ। यस किसिमका कार्य गर्ने उपर ईआइसिटी नेपाल कानुनी उपचार खोज्न बाध्य हुने भएकाले सम्बन्धित सवैलाई सचेत हुन जानकारी गराइन्छ।

नयाँ