arrow

एनआईसी एशियाको साधारणसभा सम्पन्न, २१ प्रतिशत लाभांस दिने

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
nicasia.JPG

काठमाडौं। एनआईसी एशिया बैंकको २२औं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ । उक्त साधारणसभाले चुक्ता पूँजीको २१.०५२६ प्रतिशतका दरले १ अर्ब ८५ करोड ९८ लाख ३७ हजार ६ सय २१ लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । 

जसमध्ये १० प्रतिशतका दरले हुन आउने ८८ करोड ३४ लाख २२ हजार ८ सय ७० बोनस शेयर तथा ११.०५२६ प्रतिशत हुन आउने रकम ९७ करोड ६४ लाख १४ हजार ७ सय ५१ नगद लाभांश (कर प्रयोजनार्थ समेत) वितरण गर्ने प्रस्ताव पारित गरेको छ । सभाले बैंकको पूँजी वृद्धिको प्रस्ताव पनि पारित गरेको छ । यसबाट बैंकको चुक्ता पूँजी रु ९ अर्ब ७१ करोड ७६ लाख ५१ हजार ५ सय ६८ पुगेको छ ।

बैंकले हाल नेपालभर ३ सय १ शाखा कार्यालय, ३ सय ६२ एटिएम, ७० एक्स्टेन्सन काउण्टर एवं ४१ वटा शाखारहित बैंकिङ्ग मार्फत बैंकिङ्ग सेवा प्रदान गरिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ