arrow

अन्ततः कडा सुरक्षा र आक्रमणबीच अफगानी राष्ट्रपतिका लागि मतदान सम्पन्न    

logo
प्रकाशित २०७६ असोज ११ शनिबार
afghanistan-ghani.jpg

काबुल । अफगानिस्तानमा कडा सुरक्षा र बम आक्रमणका घटनाबीच शनिवार भएको राष्ट्रपतीय निर्वाचन सम्पन्न भएको छ ।

मतदान केन्द्रलाई निशाना बनाउने बताएका तालिबान लडाकुको चेतावनीबीच देशभरि ७० हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तालिवान विद्रोहीले मतदान केन्द्रहरूसमेतमा बम र मोर्टार आक्रमण गरी निर्वाचन मतदानलाई भाँड्ने प्रयास गरेका थिए ।     
     
नब्बे लाखभन्दा बढी मतदातामध्ये यहाँ ३५ प्रतिशत महिला मतदाता रहेका छन् । स्वतन्त्र निर्वाचन आयोगले तीन हप्ताभित्र मतदानको नतिजा सार्वजनिक गर्नसक्ने अपेक्षा गरिएको छ ।     
     
दुई पटक सारिएको उक्त निर्वाचन अमेरिका र तालिबान विद्रोही समूहबीच केही समयदेखि हुँदै आएको शान्तिवार्ता भङ्ग भएपछि निर्वाचन भएको हो ।     
     
अफगानिस्तानका निवर्तमान राष्ट्रपति असरफ घानी र प्रमुख कार्यकारी अब्दुल्लाह अब्दुल्लाह प्रमुख दाबेदार मानिएका छन् । उनीहरू सन् २०१४ देखि सत्तामा छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ