arrow

भारतप्रति विश्वको आदर बढ्यो – नरेन्द्र मोदी

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
modi14.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सात दिने अमेरिकी यात्रापछि स्वदेश फर्केका छन् । शनिबार राति दिल्ली फर्केका मोदीको स्वागतका लागि दिल्लीका ७ सांसद तथा वरिष्ठ नेता जेपी नड्डा पालम एयरपोर्टमा स्वागत गर्न पुगेका थिए । 

मोदीले १३० करोड देशवासीलाई अभिनन्दन गर्छु भनेका थिए । सन् २०१४ मा पनि चुनाव जितेपछि मोदी अमेरिका गएका थिए । 

उनले भने, ‘यसपटक फरक महसुस भएको छ । विश्वभरका नेताहरुमा भारतप्रति आदर बढेको छ । यसको कारण १३० करोड भारतीय हुन् जसले दुनियाँलाई लोकतन्त्रको तागत सम्झाए ।’

उनले ह्युष्टन र टेक्सासमा हाउडी मोदी कार्यक्रममा गरिएको स्वागत अकल्पनीय रहेको बताए । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र अमेरिकी नेताहरुबाट वाही वाही सुन्नु स्वभाविक भएको भन्दै मोदीले विश्वमा भारतप्रति आदर र स्वीकृति बढेको भन्दै गर्व महसुस भएको बताए । 

उनले नवरात्रिको समेत देशवासीलाई शुभकामना दिएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ