arrow

ट्रक र बस ठोक्किए, ३६ जनाको मृत्यु ३६ घाइते

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
accident-final.jpeg

काठमाडौं । पूर्वी चीनमा ट्रक र बस आपसमा ठोक्किँदा ३६ जनाको मृत्यु भएको छ । दुर्घटनामा ३६ जना घाइते भएका छन् । 

सरकारी समाचार एजेन्सी सिन्ह्वाका अनुसार जिआंगसू प्रान्तमा यात्रु बस ट्रकसंग ठोक्किएको थियो ।

बसमा ६९ जना सवार थिए । प्रारम्भिक चरणमा बसको पाङ्ग्रा पन्चर हुँदा दुर्घटना भएको बताइएको छ । 

थप अनुसन्धान जारी रहेको अधिकारीहरुले जनाएका छन् । 

 दुर्घटना शनिबार बिहान भएको थियो । आइतबार बिहान अधिकारीहरुले घटनाको बारेमा जानकारी दिएका हुन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ