arrow

उद्योग वाणिज्य सङ्घ इनरुवामा लोकतान्त्रिक समूहलाई नेतृत्व

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
birendra-shah-udyog-inaruwa.jpeg

इनरुवा । उद्योग वाणिज्य सङ्घ इनरुवाको शनिबार राति सम्पन्न भएको निर्वाचनको परिणाम अनुसार अध्यक्षमा लोकतान्त्रिक समूहका वीरेन्द्रकुमार साह विजयी भएका छन् । 

पञ्चदेव मेहतालाई ४६ मतान्तरले पराजित गर्दै साह विजयी भएका हुन् । त्यसैगरी उपाध्यक्षमा समावेसी समूहका गिरिराज अटल, सचिवमा रोशन खड्का, सहसचिवमा सुरेन्द्रकुमार साह, कोषाध्यक्षमा रमेश श्रेष्ठ, महिला सदस्यमा रीतादेवी साह तथा जुनु रावली विजयी भएको निर्वाचन समितिका संयोजक कृष्णप्रसाद दाहालले बताए । 

दुई महिला सदस्यका लागि तीन जनाको उम्मेदवारी परेको थियो । गत शनिबार सम्पन्न भएको मतगदानमा कूल एक हजार ३२५ मतदाता रहेको सङ्घमा एक हजार १८२ मत खसेको थियो ।     

विभिन्न उद्योग वाणिज्य संघदेखि वैदेशिक रोजगार अनि टानमा सत्तारुढ दल नेकपाको नेतृत्व गुम्दै जाँदा मंसिर १४ गते हुने उपनिर्वाचनमा नेकपाले आफ्नो संकेत पाउँदै गएको त हैन भन्ने देखिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ