arrow

पौडेललाई छोडेर पद्मनारायणले यसकारण समाए देउवाको हात

पौडेललाई झड्का

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
Padmanarayan-Chaudhary.jpg.jpeg.jpeg
काठमाडौं। काँगेस संसदीय दलको नेताको चुनावका लागि सभापति शेरबहादुर देउवाले आफ्ना प्रतिष्पर्धी रामचन्द्र पौडेललाई समर्थन गर्ने विश्वास गरिएका पद्मनारायण चौधरीलाई आफ्नो समर्थक बनाएर उमेद्वारी दर्ता गराएका छन्। प्रस्तावक भने यसअघी नै तत्कालिन संस्थापन पक्षका आफूतिर ल्याएका फरमुल्लाह मन्सुरलाई बनाएका छन्। 
 
चौधरीको समर्थनले रामचन्द्र पौडेललाई ठूलो धक्का लाग्ने देखिएको छ। तत्कालिन संस्थापन पक्षमा रहेका मन्सुरले समेत अन्तिम समयमा आएर महाधिवेशनमा देउवालाई सघाउने घोषणा गरेका थिए। १२औं महाधिवेशनमा दिवंगत पूर्व सभापति सुशील कोइराला पक्षबाट महामन्त्रीमा प्रकाशमान सिंह र कोषाध्यक्षमा पद्मनारायण चौधरी उम्मेद्वार थिए। १३औं महाधिवेशनमा भने देउवा पक्षबाट सिराहाकै चित्रलेखा यादव, पौडेल पक्षबाट पनि सिराहाकै सीतादेवी यादव र सिटौला समूहबाट उमाकान्त चौधरी कोषाध्यक्षका उम्मेद्वार थिए। पद्मनारायण चौधरी पनि सिराहाकै हुन्।
 
संस्थापन पक्षबाटै अन्तर्घात भएर हारिएको भन्दै उनी महाधिवेशनपछि पनि पौडेल कोइराला समुहसँग रुष्ट रहँदै आएको उनी निकटहरु बताउँछन्। सिराहामा पनि चौधरीलाई संस्थापन पक्षकै नेताहरुले एक्ल्याउने प्रयास भएपछि उनी शसंकित रहँदै आएका थिए। त्यसमाथि पौडेल कोइराला समुहमा धेरै उपगुटहरु भएको र एकले अर्कालाई देखि नसहँदा आफूहरु जस्ता नेता कार्यकर्ताहरु मारमा परेको बुझाइपछि उनले पौडेल समुह त्याग गरेर देउवा समुहमा गएको बताइएको छ। उनले कम्तिमा एकदर्जन सांसदहरुलाई प्रभावित पार्न सक्ने आँकलन पछि देउवा पक्ष पनि उनलाई आफ्नो समुहमा भित्र्याउन लागिपरेहको थियो। उनको प्रभाव पूर्वी तराइ अतिरिक्त थारु वाहुल पश्चिम तराइमा अधिक रहेको छ।
 
यसअघी काँग्रेसको महाधिवेशनको पूर्वसन्ध्यामा पनि चौधरी तत्कालिन कार्यवाहक सभापति रामचन्द्र पौडेलसँग असन्तुष्ट भएका थिए। उम्मेदवारी घोषणा गर्दा रामचन्द्र पौडेलले कोषाध्यक्ष खालि राखेपछि अघिल्लो महाधिवेशनमा संस्थापनबाट कोषाध्यक्षका उम्मेदबार बनेका पद्यमनारायण चौधरी असन्तुष्ट बनेका थिए। उनले तराई–मधेसका बासिन्दालाई निश्चित स्वार्थपुर्ति गर्नमात्र प्रयोग गर्ने गरेको बताए। उनले सबै मुख्य पार्टीमा यस्तो समस्या रहेको बताए। उनले पौडेलप्रति असन्तसष्टि पोखेका थिए। 
 
पार्टीका नेताहरुको प्रवृत्ति प्रयोग गर्ने खालको मात्र भएको उनको टिप्पणी थियो। पौडेलले आफ्नो समूह घोषणा गर्नुअघिसम्म चौधरीलाई कोषाध्यक्षको उम्मेदबार बनाउने आश्वासन दिएपनि उनलाई पछि उमेद्वार बनाइएन। बरु उनलाई पदाधिकारीहरुको प्रस्तावक बनाइएको थियो। आफूमाथि एकपछि अर्को धोका दिएको बुझाइ राखेका चौधरी देउवाको समर्थक बनेर आउँदा खुसी मुद्रामा थिए। उनले भने देउावको जीत निश्चित छ। 
 
देउवाले नेपाली काँग्रेसको नेतृत्वमा अब सरकार बन्दा महत्वपूर्ण जिम्मेवारी दिने आश्वासन पनि चौधरीलाई दिएका छन्। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ