arrow

काश्मिरीको चिन्ता गर्दा ईमरानले बिर्से चीनका मुसलमान विरुद्धको ज्यादती

logo
प्रकाशित २०७६ असोज १२ आइतबार
Imran-Khan-PTI2_19_2019_000174B.jpg

एजेन्सी। पाकिस्तानका प्रधानमन्त्री ईमरान खानले सँयुक्त राष्ट्र संघको साधारण सभामा काश्मिरी मुसलमानको बारेमा चिन्ता गर्द चीनमा रहेका मुश्लीम र उनीहरु बिरुद्ध हुने ज्यादती बिरुद्ध एक शब्द नबोलेकोमा अमेरिकी सहायक बिदेश मन्त्री अचम्म परेका छन्।

अमेरिकी साहायक बिदेश मन्त्री एलेस वेल्सले चीनको पश्चिममा मुसलमानहरु बिरुद्ध भैरहेको डरलाग्दो ज्यादती बिरुद्ध ईमरान खानको मौनता अर्थपुर्ण रहेको बताएका छन्। वेल्सले दक्षिण एवं मध्य एशिया हेर्ने गर्छन।

पाकिस्तानका प्रम खानले भारतले काश्मिरी मुसलमानहरुलाई बन्दी बनाएर ज्यादती गरेको आरोप लगाएका थिए। उनले काश्मिरलाई कर्फ्यु लगाएर शासन गरिरहेको जस्मा काश्मिरीहरु जनावर जस्तै थुनिएर बस्नु परेको पिडाका बारे बोलेका थिए।

उनले विश्वमा रहेका मुश्लिमहरुका बारे बोल्दा चीनमा रहेका उइघुर मुश्लिमका बारे एक शब्द पनि उच्चारण गरेनन्। करिब दशौं लाख उईघुर मुश्लिमहरु चिनियाँ खुला जेलमा रहेका छन्। उनीहरुलाई बिनाकारण जेलमा राखिएको आरोप लागेको छ। उनीहरुको अंगको पनि ब्यापार भैरहेको रिपोट पनि सार्वजनिक भएको थियो।

चाईना ट्रिबुनलको रिपोट अनुसार चिनिया सरकारले मानव अंग प्रत्यारोपणका लागि ति बन्दीहरुको अंग निकाल्ने गरेको छ। पश्चिम  चीनमा रहेका उईघुर समुदायको ज्यादती बारे बिभिन्न समयमा समाचारहरु आईरहन्छन। अर्को मुश्लिम समुदाय हुई हो जुन चीनभरी छरिएर रहेका छन्।

पाकिस्तानको चीनसँग राम्रो सम्बन्ध रहेको छ। चीन र पाकिस्तानको साझेदारी नै रहेको छ। त्यसैले पनि ईमरान खानले चीनमा भएका मुश्लिमहरु बिरुद्धको ज्यादती बिरुद्ध आँखा चिम्लेका हुन्। पछिल्लो समयको प्रदर्शनमा हजारौं उईघुर समुदायको हत्या भएको छ।

पाकिस्तानमा पनि सरकारले मुस्लिमहरुबीचमा पनि भेदभाव गरि अल्पसंख्यकहरु माथि ज्यादती गर्दै आएको आरोप छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ