चीन र रूसबीचको सम्बन्धमा नयाँ अध्याय शुरू हुने : चिनियाँ विदेशमन्त्री
सिन्ह्वा,
प्रकाशित २०७६ असोज १२ आइतबार
669
Shares
बेइजिङ। चीन र रूसबीचको सम्बन्धमा द्विपक्षीय सम्बन्ध नयाँ शिराबाट प्रारम्भ गरिने चीनका विदेशमन्त्री वाङ यीले आइतबार बताएका छन्। वाङले उक्त भनाई चीन–रूसबीच कुटनीतिक सम्बन्ध स्थापना भएको ७० औँ बर्षगाँठका अवसरमा आयोजित एक कार्यक्रमबीच राखेका हुन्।
विशेष मित्रताको स्थापना दिवसका अवसरमा गरिएको समारोहमा चीन र रूसबीचको लामो मित्रवत यात्रालाई अविश्मरणीय भन्दै यसलाई नयाँ प्रकारको सम्बन्ध र साझा जिम्मेवारीका रूपमा विकास गर्दै अघि बढ्ने वाङले बताए। दुवै पक्षले सहकार्यलाई मजबुत पार्ने, बहुपक्षीयताको रक्षा गर्ने र संयुक्त राष्ट्रसंघको बडापत्रको लक्ष अनुरूप साझा जिम्मेवारीसहित अघि बढाउनुपर्नेमा उनले जोड दिए।
कार्यक्रममा चीनका लागि रूसी राजदूतले चीन–रूसबीचको सम्बन्धको चर्चा गरेका थिए। चीन र रूस इतिहासमा निकै राम्रो सम्बन्धका साथ अघि बढ्दै आएको र दुबै मुलुकले नयाँ युगका लागि बृहद् रणनीतिक साझेदारी विकास गरिरहेको पनि उक्त अवसरमा वाङले बताए।