arrow

मूल्य नतोक्दा खसी, बोका बिक्री हुन सकेन    

logo
प्रकाशित २०७६ असोज १३ सोमबार
Chyangra_Khasi_Dashain.jpg

काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दशैँका लागि ल्याएको खसी, बोका तथा च्याङ्ग्राको मूल्य कायम हुन नसक्दा बिक्री वितरण हुन सकेको छैन ।     
     
 विभिन्न जिल्लाबाट ल्याइएका ती खसी बोकाको स्थानीय बजारमा मूल्य महङ्गो भएको र उपभोक्तालाई केही सहुलियतमा उपलब्ध गराउने विषयमा प्रक्रिया पु-याउन छलफल भइरहेकाले मूल्य तोक्न ढिला भएको कम्पनी अञ्चल कार्यालयका प्रवक्ता टेकप्रसाद रेग्मीले जानकारी दिए ।     
     
 बजारमा निजी क्षेत्रका व्यवसायीको एकाधिकारलाई सन्तुलित बनाउन उक्त संस्थाले प्रत्येक वर्ष यो समयमा खसी, बोका तथा च्याङ्ग्रा काठमाडौँमा ल्याएर उपभोक्तालाई सहुलियतमा बिक्री गर्दै आएको छ । दाङ र विरगञ्जबाट गरी एक हजार खसी, बोका तथा मुस्ताङबाट दुई हजार च्याङ्ग्रा ल्याउन लागिएको छ ।     
     
 सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा खरीद समिति गठन भई खसी, बोका तथा च्याङ्ग्रा खरिद हुने गर्दछ । अहिलेसम्म ५५० च्याङ्गा र १८० खसी बोका काठमाडौँ आइसकेको तथा अन्य आउने क्रममा छ । 

सोमबार बस्ने बैठकले मूल्य कायम गरेमा आजैबाट बिक्री शुरु गरिने जनाइएको छ । अघिल्लो वर्ष खसी, बोका जिउँदो प्रतिकिलो ५०० तथा च्याङ्ग्रा प्रतिकिलो ७०० मा उपलब्ध गराइएको थियो ।     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ