arrow

होशियार, लेन काटेर भाग्ने सवारीसाधनलाई ट्राफिकले पछ्याउला !

दैनिक पाँचसय सवारी कारबाहीमा

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
काठमाडौँ। काठमाडौँ उपत्यकामा लेन अनुशासन पालना नगर्ने दैनिक  ५ सय को हाराहारीमा सवारीसाधन कारबाहीमा पर्ने गरेका छन्।
 
काठमाडौँ उपत्यकामा धेरैजसो सवारीसाधनले पछिल्लो समय लेन पालना नगर्ने गरेपछि गत चैत ८ गतेदेखि लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालिएको हो।
 
महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको तथ्याङ्कअनुसार हालसम्म तीन हजार ९ सय २२ सवारीसाधन कारबाहीमा परेका छन्। तीमध्ये एक दिनमा सबैभन्दा धेरै ७ सय ७७ र सबैभन्दा थोरै छ सवारीसाधन कारबाहीमा परेका छन्।
 
महाशाखाका सहप्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक राजेन्द्रदेव भट्टका अनुसार लेन पालना नगर्ने सवारीसाधनलाई नियन्त्रणमा लिन थालेपछि केही कमी आएको बताए। उनले भने, “लेन अनुशासनको पालना नगर्दा सडक जाम र सवारी दुर्घटना बढ्ने हुँदा हामीले यो अभियान चलाएका हौँ।”
 
महाशाखाले लेन पालना नगर्नेलाई रु दूई सय जरिवाना र एक घन्टाको सचेतना कक्षा लिने गरेको छ।
 
लेन काटेको सवारीसाधन भाग्न खोजे क्यामेराले खिच्ने र मोटरसाइकलले पछ्याएर समात्ने र कारबाहीको दायरामा ल्याउने गरिएको महाशाखाका सहप्रवक्ता भट्टले बताए। रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ