arrow

चन्द्रयान २ विक्रमसंग सम्पर्क बिहान

logo
प्रकाशित २०७६ असोज १४ मंगलबार
chandrayan-2.jpeg

काठमाडौं । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले चन्द्रयान २ को ल्यान्डर विक्रमसंग अझै सम्पर्क हुने आशा छोडेको छैन । इसरोले दिनरात मेहनत गरिरहेको छ । 

तर अझै सफल हुन सकेको छैन । यसका लागि लामो प्रतिक्षा गर्नुपर्ने हुन सक्ने इसरो प्रमुख के सिवनले बताएका छन् । 

अहिले जहाँ विक्रम खसेको छ त्यहाँ रात चलिरहेको छ । दिन हुनासाथ खोजी फेरि जारी रहने छ । चन्द्रमामा चन्द्र दिवस पृथ्वीको १४ दिन बराबर हुन्छ । 

अहिले चन्द्रमामा निकै चिसो छ । त्यस्तै भूकम्पका झड्काले पनि असर गर्न सक्ने चिन्ता इसरोलाई छ । 

गत ७ सेप्टेम्बरमा चन्द्रयान २ ल्यान्डर विक्रम ल्यान्डिङका क्रममा अन्तिम मिनेटमा पल्टिएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ