arrow

रुसी प्रधानमन्त्री क्युबा जाँदै

logo
सिन्ह्वा,
प्रकाशित २०७६ असोज १४ मंगलबार
russia9.jpg

हवाना। रुसी प्रधानमन्त्री दिमित्री मेदवेदेभ आगामी बिहीबार क्युबा भ्रमणमा जान लागेका छन्। रुसको विदेश मन्त्रालयका उच्च अधिकारीले दिएको जानकारी अनुसार उनी आगामी बिहीबार र शुक्रबार औपचारिक भ्रमणका रुपमा क्युबा जान लागेको समाचारमा जनाइएको छ। 

उक्त भेटका क्रममा द्विपक्षीय हितका विविध विषयका साथै व्यापार, अर्थ, ऊर्जा र सांस्कृतिक आदानप्रदान लगायतका क्षेत्रमा आपसी छलफल र सहयोग आदानप्रदान र लगानीबारे सम्झौता हुने बताइएको छ। 

प्रधानमन्त्री मेदवेदेभले सन् २०१३ मा क्युबाको भ्रमण गर्नुभएको थियो। त्यस क्रममा रुस र क्युबाबीच कैयौँ विषयमा आपसी साझेदारीका साथै सहयोग सम्झौता भएको थियो। यी दुई देशबीचको द्विपक्षीय व्यापार यस वर्षको अन्त्यसम्ममा कम्तीमा पनि ५० करोड अमेरिकी डलर बराबर पुग्नसक्ने अनुमान गरिएको बताइएको छ। यी दुई देशले यही सेप्टेम्बर महिनाको मध्यतिर पनि मस्कोमा व्यापार र ऊर्जाका क्षेत्रमा द्विपक्षीय समझ्दारीपत्रमा हस्ताक्षर गरेका थिए।

रुसी विदेश मन्त्रालयले मङ्गलबार प्रधानमन्त्री मेदवेदेभको क्युबा भ्रमणको तालिका सार्वजनिक गरेको छ। उनको भ्रमणमा रुसका अन्य वरिष्ठ अधिकारीहरुको पनि सहभागिता रहने सो समाचारमा जनाइएको छ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ