arrow

जाजरकोटमा एसएलसी परीक्षा केन्द्रमै देखियो झाडापखाला

नियन्त्रण गर्न स्वास्थ्यकर्मी माग

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
Jajarkot-hamrakura.jpg.jpeg
काठमाडौं । अखिल नेपाल जनस्वास्थ्यकर्मी महासङ्घले जाजरकोटमा देखिएको झाडापखाला नियन्त्रण गर्न सरकारसँग माग गरेको छ ।  महासङ्घका अध्यक्ष डम्बर रावलले मङ्गलबार एक विज्ञप्ती जारी गर्दै एसएलसी परीक्षा केन्द्रमै झाडापखाला लागेकोले समयमै नियन्त्रण गर्न नसके सवैतिर फैलने  भन्दै समयमै नियन्त्रण गर्न सरकारसँग माग गरेका छन् । “जाजरकोटको दसेरा लगायतका गाउँमा देखिएको झाडापखालालाई समयमै नियन्त्रण नगरे यसले विगतमा झैं महामारीको रूप लिन सक्छ’– विज्ञप्तीमा भनिएको छ । यस्तै विज्ञप्तीमा सरकार रोग सुरुवात हुँदा नियन्त्रण गर्ने पहल गर्दैन जसका कारण रोगले महामारीको रुप लिई नियन्त्रण भन्दा बाहिर जान्छ– भन्ने उल्लेख छ । 
 
अध्यक्ष रावलले विज्ञप्तीमा समयमै रोगको नियन्त्रण गर्न औषधि तथा उपकरणसहित दक्ष स्वास्थ्यकर्मीलाई प्रभावित क्षेत्रमा तुरुन्त पठाउँन सरकारसँग माग गरेका छन् । उनले आफ्नो संगठनमा आवद्ध स्वास्थ्यकर्मीहरुलाई प्रभावित क्षेत्रमा गएर उपचारमा जुट्न निर्देशन दिएका छन् । रावलले सम्बन्धित सरोकारवाला सबैलाई रोग नियन्त्रणको लागि पहल गर्न आग्रह समेत गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ