arrow

उर्जा मन्त्री टोपबहादुरको पुत्ला जल्यो

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
kapilbastu-new.jpg.jpeg
कपिलवस्तु । विद्युत कटौती र अनियमित रुपमा गरिएको लोडसेडिङ्गको विरोधमा तौलिहवामा उर्जा मन्त्रीको पुत्ला दहन भएको छ । उर्जा मन्त्री टोपबहादुर रायमाझिको पुत्ला बनाई जिल्ला प्रशासन कार्यालय  तौलिहवा अगाडी पुत्ला दहन गरिएको हो । लामो समय देखि विद्युतको समस्या समाधन हुन नसकेको भन्दै उद्योग, व्यवसायीहरु मार्कामा पर्दै अएकाले पुत्ला दहन गरिएको बताइएको छ । 
 
कार्यक्रममा सांसद अभिषेक प्रताप शाहले वर्तमान सरकारले जनताका अतयवशयक सेवा सुविधा समेत पुरा गराउन नसकेको र विद्युत कटौतीको नाममा उद्योग धन्दा र कलकारखाना र आम सर्वसाधारण तथा विद्यार्थीलाई सास्ती दिएको आरोप लागाए ।  युवा नेता दिपक पाण्डेसहति रहेको पुत्ला दहन कार्यक्रममा विद्यार्थी, उद्योगी, राजनितिक दल र व्यावसायीको उल्लेख्य सहभागिता थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ