arrow

श्रीलङ्काली प्रधानमन्त्रीको चीन भ्रमण

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
china-news-@.jpg.jpeg
बेइजिङ। श्रीलङ्काली प्रधानमन्त्री रणिल विक्रमासिङ्घेले चीनको औपचारिक भ्रमण गर्न लाग्नुभएको छ । उहाँले यही अप्रिल ६ देखि ९ सम्म चीन भ्रमण गर्न लाग्नुभएको हो ।
 
चिनियाँ प्रधानमन्त्री लि खछ्याङको निमन्त्रणामा विक्रमसिङ्घे चीन भ्रमणका गर्न यही बुधबार जानुहुने चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होङ्ग लिले जानकारी दिनु भएको छ ।
 
श्रीलङ्काली ६७ बर्षीय प्रधानमन्त्री यस अघि पनि १९९३ देखि १९९४ सम्म, २००१ देखि २००४ सम्म र सन् २०१५ को जनवरीमा तेस्रो पटक श्रीलङ्काको प्रधानमन्त्री बन्नु भएको हो ।
 
चिनियाँ नेताहरू र विक्रमासिङ्घेबीच हुने वार्तामा द्विपक्षीय सम्बन्ध र दुबै देशबीचको साझा मुद्दाको विषयमा छलफल हुने पनि प्रवक्ताले बताउनुभएको छ ।
 
विक्रमसिङ्घेले यस अधि ६ पटक चीनको भ्रमण गरिसक्नु भएको छ । रासस÷सिन्ह्वा 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ