arrow

मोदीले पाएका उपहार लिलामीमा 

logo
प्रकाशित २०७६ असोज १६ बिहिबार
narendra-modi1.jpg

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यस वर्ष पाएका उपहारको लिलामी भएको छ । भारतीय संस्कृति मन्त्रालयले मोदीलाई सन् २०१९ मा मिलेका २,७७२ वटा उपहारको लिलामी भइरहेको हो । 

मोदी देश–विदेशका अलग अलग भ्रमणमा रहेका बेलामा उनलाई उपहार मिलेको थियो । यसमा पेन्टिङ, स्मृति चिन्ह, मूर्तिहरु, विभिन्न पारम्परिक वाध्ययन्त्रहरु शामिल रहेका छन् । 

गत १४ सेप्टेम्बरदेखि सुरु भएको लिलामी बिहीबार सकिँदैछ । यसको लिलामीबाट उठेको रकम ननामि गंगा प्रोजेक्टमा खर्च गरिने छ । 

मन्त्रीहरुले पाएका महंगा उपहारमा स्वर्गीय पूर्व विदेश मन्त्री सुषमा स्वराज, राष्ट्रपति, मन्त्रीहरु तथा अफिसरहरुले पाएका रहेका छन् । 

स्वराजले ६.७ करोड भारुका उपहार पाएकी थिइन् । विदेश मन्त्रालयले जारी गरेको उपहारमा ४३ वटा विदेशबाट पाएका थिए । जुन जनवरीदेखि जुलाइसम्मका हुन् । 

स्वराजलाई ४४ वटा उपहार मिलेका थिए । त्यस्तै अफिसरहरुलाई रक्सी, साडी तथा सुनका चुराहरु मिलेका थिए । 

त्यतिमात्र हैन विदेश मन्त्रालयका अनुसार सन् २०१६ देखि २०१८ सम्ममा केही बेनामे उपहार पनि पठाइएको थियो । 

आइफोन, सुनका बिष्कुट र भागवद्गीता समेत उपहारमा पठाइएको थियो । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ