arrow

प्रहरीलाई जनशक्ति पुगेन : प्रहरी प्रमुख अर्याल

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
upendrakanta-aryal-doti-news.jpg.jpeg
डोटी  । प्रहरी प्रमुख एवं प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले अन्तर्राष्ट्रिय मापदण्ड अनुसार शान्ति सुरक्षाका लागि आवश्यक प्रहरी जनशक्ति नहुँदा जनताले चाहे अनुसार शान्ति सुरक्षाको अनुभुति गर्न नसकेको बताएका छन् । आफुहरुसँग ४० हजार बढी जनशक्ति अपुग रहेको बताउँदै महानिरीक्षक अर्यालले यसका लागि गृह मन्त्रालय मार्फत सरकार समक्ष अनुरोध गरेको जानकारी दिए । यद्यपि, सुरक्षाकर्मीको जागिर छोडेर विदेशीने प्रहरी जवानहरुबारे भने अर्यालले केही भनेनन् । पछिल्लो समय पेन्सन र सरकारी रागिरको माया मार्दै सेना प्रहरीका तल्लो तहको जशशक्ति राजीनामा दिँदै बाहिरिने क्रम तीब्र छ । 
 
शान्ति सुरक्षाको अनुगमन र प्रहरीका समस्या बुझ्न भन्दै सुदुरपश्चिम भ्रमणमा रहेका अर्यालले डोटीमा ओयोजित पत्रकार भेटघाट कार्यक्रममा यस्तो बताएका हुन् । महानिरिक्षक अर्यालले शान्ति सुरक्षा समाजको महत्वपूर्ण आवश्यकता रहेकाले त्यो पूरा गर्न प्रहरीलाई सबैको सहयोगको खाँचो रहेको सुनाए । 
 
आगामी दिनमा प्रहरीमा जनशक्ति थपिँदा डोटीलार्ई समेत प्राथमिकतामा राखिने बताउँदै महानिरीक्षक अर्यालले प्रहरी भर्ना प्रक्रिया निष्पक्ष र पारदर्शी बनाउन हरसम्भव प्रयास गरिरहेको बताए । पछिल्लो समय देशका अन्य क्षेत्रहरुमा प्रहरी भर्ना सम्बन्धि गुनासो नआएको भएपनि सुदूरको गुनासोले आफुलाई गम्भीर बनाएको अर्यालको भनाई छ । यस क्षेत्रका क्षेत्रीय प्रमुखहरु क्षेत्रिय सदरमुकाम दिपायलमा नबस्ने परिपाटीप्रति व्यंग्य गर्दै अर्यालले  धनगढी बसेर दिपायल घुम्न जाने नभई दिपायल बसेर धनगढी घुम्न जानुपर्ने बताए । 
 
अर्को प्रसंगमा महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मदिरा सेवन गर्ने व्यक्ति प्रहरी कर्मचारी हुन नसक्ने बताए । अर्यालले भने ‘कि प्रहरी सेवा रोज्नु प¥यो कि रक्सी रोज्नु प¥यो ।’ प्रहरी सेवामा बस्नेहरुले रक्सी सेवन गर्न नमिल्ने उनले बताए । डोटीका राजनीतिक दल, नागरिक समाज, सञ्चारकर्मीहरुसंगको अन्तरक्रियामा सहभागिको जिज्ञासामा अर्यालले यसो भनेका हुन् । 
 
होलीको दिन डोटीको जोरायल ईलाका प्रहरी कार्यालयमा कार्यरत प्रहरी कर्मचारी र स्थानीय केही व्यक्तिहरुले संगै बसेर मदिरा सेवन गरेपछि भएको दोहोरो भिडन्तको प्रसंग कार्यक्रमका सहभागिहरुले महानिरीक्षकलाई जानकारी गराएपछि उनले त्यस्ता प्रहरी कर्मचारीहरुलाई तत्काल कारवाही हुने वताए । 
 
राजनितिक दलका नेता तथा पत्रकारहरुले जिल्लामा प्रहरी जनशक्ति अभाव रहेको, महिला प्रहरी कम रहेको, भौतिक संरचना जीर्ण अवस्थामा रहेको तथा जिल्लाको मौवा, धुर्कोट लगायतका स्थानहरुमा प्रहरी बिटको सिघ्र स्थापना गर्नु पर्ने आवश्यकता औंल्याए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ