arrow

एनसेलको दशैं अफरः रिचार्जमा डेटा बोनस

logo
प्रकाशित २०७६ असोज १७ शुक्रबार
ncell-logo.jpg

काठमाडौं । यो दशैंमा एनसेलका ग्राहकहरुले प्रत्येक रु १०० भन्दामाथिको रिचार्जमा डेटा बोनसको मजालिदैं यो पर्वलाई उल्लासमय बनाउन सक्ने भएका छन् ।  

एनसेल प्रालिले आफ्ना ग्राहकहरुका लागि दशैं अफर ल्याएको हो । विज्ञप्ति जारी गर्दै एनसेलले एक सय रुपैयाँदेखि १,००० रुपैयाँसम्मको प्रत्येक रिचार्जमा ग्राहकले रिचार्ज गरको रकमको आधारमा १०० एमबीदेखि १ जिबीसम्म डेटा बोनस पाउने जनाएको छ । 

यो योजना शुक्रबार (असोज १७) बाट १५ दिनका लागि संचालनमा रहने पनि एनसेलले जनाएको छ ।

यो योजनामा रु १०० ब्यालेन्स रिचार्ज गर्ने ग्राहकले बोनस स्वरुप एक दिन समयावधि रहेको १०० एमबी डेटा पाउने छन् । 

त्यस्तै रु २०० रिचार्ज गर्नेहरुले दुई दिन समयसिमा रहेको २०० एमबी र रु ३०० को रिचार्जमा ग्राहकहरुले तीन दिनको समयावधि भएको ३०० एमबी डेटा पाउने एनसेलले जनाएको छ ।  

त्यसैगरी, रु ५०० रिचार्जमा ग्राहकले पाँच दिनभित्र प्रयोग गर्न मिल्ने ५०० एमबी डेटा प्राप्त गर्नेछन् भने रु १००० को रिचार्जमा १० दिन समयसीमा रहेको १ जिबी डेटा डेटा पाउने छन् ।

रिचार्जमा बोनस पाईने यो अफरले ग्राहकलाई थप फाईदा प्रदानगर्ने र चाडपर्वको बेलामा सम्पर्कमा रहि रहनका साथै यसलाई उल्लासमय बनाउन सहयोग पुर्याउने विश्वास लिएको एनसेलले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ