arrow

बढ्यो बलात्कार : नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
child-rape-3.jpg.jpeg
खोटाङ । खोटाङमा नौ वर्षीया बालिका आफन्तबाटै बलात्कृत भएकी छिन् । यही चैत ३ गते घरमा कोही नभएको मौका पारी स्थानीयवासी २० वर्षीय युवकले बालिकालाई बलात्कार गरेका हुन् । 
 
मावली घर बस्दै आएकी बालिकालाई युवकले आफ्नै घरमा लगेर बलात्कार गरेको पीडितका आफन्तले बताएका छन् । घटनाको जानकारी पाएपछि पीडित बालिकाको आफन्तले आज जिल्ला प्रहरी कार्यालय खोटाङमा उजुरी दिएको प्रहरी नायब उपरीक्षक विद्यानन्द माझीले जानकारी दिनुभयो । 
 
पीडित बालिकाको आफन्तले दिएको उजुरीका आधारमा जबर्जस्ती करणी महलअन्तर्गत मुद्दा दर्ता गरेर कारबाहीको प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ । बलात्कारपछि युवकले कसैलाई पनि नभन्न दबाब दिएको र पीडित बालिकाले घटनाको केही दिनपछि मात्र आफ्नो आमालाई जानकारी गराएपछि घटनाबारे खुलासा भएको हो । 
 
घटनालगत्तै बालिका बलात्कार गर्ने युवक फरार भएको आफन्तले बताएका छन् । फरार युवकको खोजी कार्य सुरु गरिएको प्रहरीले जनाएको छ । पीडित बालिकाको जिल्ला अस्पताल दिक्तेलमा स्वास्थ्य परीक्षण गरिएको जनाइएको छ । बलात्कृत बालिकाको अवस्था सामान्य हुँदै गएको अस्पताल स्रोतले जनाएको छ । रासस 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ