arrow

सेनालाई विद्यालयको सम्मान

logo
गणेश खनाल,
प्रकाशित २०७२ चैत २३ मंगलबार
sena-samman.jpg.jpeg
 रुकुम । रुकुमको एक विद्यालयले आफ्नो विद्यालयमा भौतिकपूर्वाधार निर्माणमा महत्वपूर्ण योगदान गरेको भन्दै नेपाली सेनालाई सम्मान गरेको छ । मुसिकोट नगरपालीका–३ मा रहेको महाकाली माध्यामिक विद्यालयले नेपाली सेनालाई सम्माण गरेको हो । विद्यालयले आफ्नो २६औं वार्षिकोत्सव तथा अभिभावक दिवसको अवसरमा देवी दल गण रुकुमका गणपती प्रमुख सेनानी डम्बरबहादुर दर्लामीलाई विद्यालयले नागरिक अभिनन्दनसहित सम्मान गरेको हो । 
 
विद्यालयको भौतिक निर्माणमा नेपाली सेनाले ठूलो सहयोग गरेको भन्दै प्रमुख सेनानी दर्लामीलाई दोसल्ला र प्रमाण पत्रसहित नागरिक अभिनन्दन गरियो । नेपाली सेनाले एक वर्ष अघि विद्यालयको खेल मैदान र विद्यालय भवन निर्माण जस्ता भौतिक निर्माण कार्यमा सहभागी भएर काम गरेको थियो । नेपाली सेना सल्लेले विद्यालयमा खेलमैदान तथा विद्यालय भवन निर्माण गरिदिएर आफ्ना बालबालिकालाई सहज बनाइदिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश खड्काले जानकारी दिए । 
 
अहिले खेल मैदान बनेपछि बालबालिका रमाउँदा नेपाली सेनाप्रति आफुहरु कृतज्ञ रहेको अध्यक्ष खड्काको भनाई छ । २६औँ वार्षिकत्सव तथा अभिभावक दिवसका प्रमुख अतिथि तथा जिल्ला शिक्षा अधिकारी रामलाल खड्काले प्रमुख सेनानी दर्लामीले भौतिक अवस्था कम्जोर रहेका विद्यालयमा गएर त्यहाँ समस्या समधानमा गरेको सहयोग प्रशंसनिय रहेको बताए । 
 
विद्यालयको समस्यामा जसरी देवी दल गण रुकुमले आफनै लगानीमा यस विद्यालयको भौतिक निर्माण गरिदिएको छ, जिशिअ खड्काले भने यसको महत्व बुझन आवश्यक छ । अभिनन्दीत हुने प्रमुख सेनानी दर्लामीले आफु विश्वको जुन स्थानमा रहेपनि यस विद्यालय र रुकुमलाई सम्झिरहने प्रतिवद्धता गर्दै आगामी दिनमा पनि विद्यालयलाई सहयोग गर्ने समेत बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ