भीमदत्तनगर। डडेल्धुराको अमरगढी नगरपालिका–१ मा रहेको बैतडी समराई होटल भत्किँदा आज बिहान १७ जना यात्रु घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय डडेल्धुराले कच्ची काठको होटलमा सुदूरपश्चिम यातायातमा अछामका लागि हिँडेका यात्रु खाना खान उक्त होटलमा गएका थिए । यात्रुको भारका कारण होटल भत्किँदा १७ जना घाइते भएको प्रहरीले जनाएको छ ।
घाइते हुनेमा पूर्वराज्यमन्त्री जनकबहादुर शाहसहित अन्य यात्रु छन् । धनगढीबाट अछामको साफेँबगरतर्फ गइरहेका दुईवटा बसका यात्रु खाना खान उक्त होटल पसेका थिए ।
प्रहरीका अनुसार अछाम गइरहेका ना४ख ३१९७ र से१ख ९१६ नम्बर बसका यात्रु घाइते भएका हुन् । घाइतेको उपक्षेत्रीय अस्पताल डडेल्धुरामा उपचार भइरहेको जानकारी दिँदै प्रहरीले घाइते मध्ये ११ जनाको उपचारपछि अस्पतालले घर फिर्ता पठाइएको छ । रासस