arrow

एमालेमा मनोनयनको विवाद मिलाउन कार्यदल

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
uml-party-office-in-dhumbar.jpg.jpeg
काठमाडौं । एमाले केन्द्रीय विभाग, सल्लाहकार र अञ्चल कमिटीका सदस्यको मनोनयनको विवाद टुङ्गो लगाउन महासचिव ईश्वर पोखरेलको संयोजकत्वमा तीन सदस्यीय कार्यदल गठन भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बसेको सचिवालय बैठकले पोखरेलको संयोजकत्वमा सचिव पृथ्वी सुब्बा गुरुङ र गोकर्णराज विष्ट सदस्य रहेको कार्यदलले थप गृहकार्य गरी प्रस्ताव ल्याउन जिम्मेवारी दिएको हो । गुरुङ सङ्गठन र विष्ट मोर्चा सङ्गठन विभागको प्रमुख हुन् । 
 
एमाले केन्द्रीय कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले दिएको जानकारी अनुसार स्थायी कमिटीको बैठकमा कार्यदलले विभागमा मनोनयनबारे मापदण्ड बनाई प्रस्ताव प्रस्तुत गरेको छ । कार्यदलले सम्बन्धित विभागका प्रमुख र उपप्रमुखको सिफारिस, वरिष्ठता र सम्बन्धित पक्षसँगको छलफलबाट विवादको किनारा लगाउनेछ । 
 
यसअघि, स्थायी कमिटीको यसअघिको निर्देशन बमोजिम केन्द्रीय सचिवालयले गृहकार्य गरी महासचिव पोखरेलले प्रस्तुत गरेको मनोनयनसम्बन्धी प्रस्तावमा विवादका कारण निर्णय हुन सकेको थिएन ।  स्थायी कमिटीको बैठकपछि मंगलबारै पार्टीको पोलिटब्युरोको बैठक केन्द्रीय कार्यालय, धूमबाराहीमा सुरु भएको छ । बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको भारत र चीन भ्रमणको समीक्षा, सरकारको प्रभावकारिता, संविधानको कार्यान्वयन, पार्टीका विभाग र अञ्चल कमिटीमा सदस्य मनोनयन लगायत विषयमा छलफल हुने र चैत २७–३० मा काठमाडौँंमा हुने केन्द्रीय कमिटीको बैठकको कार्यसूची समेत बैठकले तय हुनेछ । 
 
स्थायी कमिटीको चैत १७ गतेको बैठकमा केन्द्रीय विभाग र सल्लाहकार समितिमा मनोनयनबारे छलफल भए पनि विवादका कारण निर्णय भएको थिएन । प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा रहेका बेला मनोनयनको गृहकार्य गर्न उपाध्यक्ष बामदेव गौतमलाई भनिएको थियो । सोही विषयले तनावमा रहेको गौतमले पार्टीभित्र विद्रोह गर्ने जनाउ दिएका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ