arrow

काँग्रेस संसदीय दलको नेता छान्न विद्युतिय मतदान, नेताहरुले विवाद नगर्ने

logo
प्रकाशित २०७२ चैत २३ मंगलबार
nc-flag.jpg.jpeg
काठमाडौँ । नेपाली काँग्रेसको संसदीय दलको निर्वाचनमा विद्युतीय मतदान हुने भएको छ । बुधबार हुने मतदानमा विद्युतीय मतदान गर्ने व्यवस्था गरिएको निर्वाचन समितिका सदस्य गुरुराज घिमिरेले जानकारी दिए । घिमिरेले निर्वाचन समितिको निर्णयलाई नेताहरुले पनि स्वीकार गरेको बताए । बिहान ११ देखि २ बजेसम्ममा मतदान सकिने र मतगणना सुरु भएको एक घन्टाभित्रमा नजिता पनि आउने निर्वाचन समितिका अर्का सदस्य सुरेन्द्र पाण्डेले जानकारी दिए । उनले यसपटक विद्युतीय मतदानको विषयलाई लिएर विवाद नहुने समेत जिकिर गरे ।  
 
यसअघि, पछिल्लो संविधान सभा निर्वाचनपछी २०७० माघ १२ गते भएको संसदीय दलको नेताको निर्वाचनबाट विद्युतीय मतदान गराउँदा विवाद भएको थियो । १७ जनाले मतदान गर्दा १६ जना मात्रै देखिएको भन्दै केहीबेर मतदान अवरुद्ध समेत भएको थियो । विवाद मिलेपछि भने, फेरि विद्युतीय मतदान नै भएको थियो । यस्तै, यसपटक १३औं महाधिवेशनमा समेत विद्युतिय मतदान गर्न नेताहरुले नमानेपछी नहुने निर्णय भएको थियो । 
 
संसदीय दलको निर्वाचनका लागि काँग्रेसले रमेश रिजालको संयोजकत्वमा सुरेन्द्रराज पाण्डे र गुरुराज घिमिरे सदस्य रहेको निर्वाचन समिति गठन गरेको छ । समितिको कार्यालय संसदीय दलको कार्यालय सिंहदरबारमै छ । काँग्रेसले संसदीय दलको नेताको निर्वाचन बुधबार हुने भए पनि कार्र्यसमितिको निर्वाचन भने यही चैत २६ गते गर्ने मिति तय भएको छ । 
 
संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम २४ गते दिउँसोबाट सुरु हुने समिति सदस्य घिमिरेले बताए । काँग्रेसको संसदीय दलको कार्यसमिति १५ जनाको हुने व्यवस्था छ । अहिले काँग्रेसको संसद् सङ्ख्या २०७ रहेकामा पूर्व सभापति तथा संसदीयदलका नेता सुशील कोइरालाको निधन भएको छ । कोइरालाको निधन भएकै कारण खाली रहेको संसदीय दलको नेताका लागि निर्वाचन हुन लागेको हो । निर्वाचनमा सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलबीच प्रतिस्पर्धा हुने भएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ