arrow

महराले ढाँटेको कुरा काटे पनि मिलेन, परे पक्राउ

logo
केदार सुवेदी,
प्रकाशित २०७६ असोज १९ आइतबार
mahara-case5.jpg

काठमाडौं। हाम्राकुरा डटकमले असोज १३ गते अपरान्ह एउटा समाचार प्रकाशित गर्‍यो ‘सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप, पिडितको घरमा गएको महराद्वारा स्वीकार’ भन्ने शीर्षकमा । सो दिनको करिव ८ बजे यो विवरण के सार्वजनिक भयो त्यसक्षण यतादेखि जहाँ जहाँ महराको नाम आउछ,  त्यो नयाँ होस कि पुरानो विषय, कार्वाही माग गरिएको होस कि खण्डन भएको, यसले यतिठूलो बजार लिएको पाइयो जसका तुरुन्तै एकडेढलाख पाठक झुम्मिइहाल्ने गरेका देखिए अनलाइन र मुद्रणमा । मुद्रणमा कतिले पढे भन्ने रेकर्ड नहोला तर विद्युतीय माध्यममा त अंकित भएकै छ । 

स्वयं त्यो हाम्राकुरा अनलाइनको समाचारको यो शीर्षकलाई त्यो प्रकाशित भएको दुइ दिनको सेरोफेरोमा नै करिव १० लाखको सख्याले यो समाचार पढेको देखियो । त्यो दुईदिनमै हजारौंले शेयर गरे । 

त्यसको भोलिपल्ट अनलाइन र मुद्रण सबै माध्यममा यो समाचार नै प्रमुख विषय बन्यो । त्यसैदिन मुद्रणमा कतिले पढे त्यसको रेकर्ड नहोला तर विभिन्न अनलाइनमा गरी यो समाचार ब्रेक भएको भोलीपल्ट मात्रै अर्को एकलाखको शेयर भयो । सेतोपाटीले प्रहरी गएर प्रमाण ल्याएको समाचार दियो, यो एउटै शीर्षकको शेयरिङ २० हजारको हाराहारीमा पुग्यो । अनलाइन खवरले त्यसदिन अर्थात यो समाचार ब्रेक भएको भोलिपल्ट विभिन्न शीर्षका यो विषयका समाचार प्रकाशित गरिरह्यो जसको शेयरिङ २५ हजारको हाराहारीमा रह्यो । यस्तै करिव करिव सबै अनलाइन जसले यो समाचार दिइरहे तिनप्रति पाठकहरुको उपस्थिति यसरीनै बढदै गयो । 

यी सबैले विज्ञहरुलाई एउटा सन्देश दियो – विगतका कतिपय घटना मध्येमा पछिल्लो समयको यो अहिलेसम्मकै बढी पढिएको र प्रतिकृया व्यक्त गरिएको विषयमा पर्‍यो । यसमा एउटा पनि प्रतिकृया आरोपितलाइ जोगाउने पक्षका थिएनन् । यसको अर्थ हो घटना र त्यसको विवरणले नै यसलाई आफनो कसीमा राख्यो । त्यसकारण यो घटनाकाबारे सम्वद्ध पक्ष अझ सतर्क र वस्तुगतरुपबाट अघि बढन आवश्यक मानिएको हो ।

जस्तो यो घटना पहिलो पटक सार्वजनिक भएको असौज १३ को भोलीपल्ट सत्तारुढ दलले एक प्रकारले औपचारिक रुपमा नै आरोपित मानिएका यो बेलासम्मका सभामुखलाई प्रतिनिधसभाको सदस्यबाट समेत राजीनामा दिन भनियो । तर त्यसको छैठौ दिनसम्म उनी (कृष्णबहादुर महरा) माननीयनै छन् । यो कुरा सर्वसाधारणलाइ सह्य भैरहेको छैन भन्ने यही कतै प्रस्तुत यस्तो लेखबारे आएको प्रतिकृया र त्यसमा गरिएको शेयरिङले नै वताउँछ ।
 
यो समाचारसंग जोडिएर त्यसको दुईदिनपछि एउटा अर्को समाचार आयो त्यही अनलाइनमा । नेपाली पत्रकारीताको ऐतिहासिक आँटिलो रिपोर्टीङ गर्ने ‘हाम्रा कुराका सम्पादक शिवाकोटीमाथि आक्रमणको योजना’ भन्ने शीर्षकमा आएको त्यो समाचारको आरोपितको प्रतिकृयात्मक काम झल्काउने खालको थियो । त्यसलाई पनि साधारणले पचाउन सकेनन । प्रतिकृया र यस्तो समाचारको शेयरिङले वताउने कुरा हो यो । 

‘नेकपाका नेता कृष्णबहादुर महराले गरेको दुर्व्यवहारको समाचार प्रकाशित गरेको हाम्राकुरा डटकम तथा यसका सम्पादक अजयबाबु शिवाकोटीमाथि गम्भिर सुरक्षा चुनौति देखिएको छ। सम्पादक शिवाकोटीलाई नम्बर नखुलेका फोनहरु आउने क्रम शुरु भएको छ । समाचार सार्वजनिक भएकै दिनदेखि सम्पादक शिवाकोटीलाई पछ्याउने र निगरानी गर्दै आएका केहि समूहले अस्वाभाविक गतिविधि समेत बढाउँदै गएको हाम्राकुराले अनुभुति गरिरहेको छ। हाम्राकुरालाई ठीक लगाउनु पर्छ भन्ने केहि समूह आपराधिक नियतका साथ सक्रिय भएको जानकारी पनि हामीले पाएका छौं । बानेश्वरका दुई रेष्टुरेण्टमा मंगलवार र बुधबार केहि समूहले हाम्राकुराको कार्यालय तथा सम्पादक शिवाकोटीमाथि क्षति पुर्‍याउने नियतका साथ योजना बनाएको समेत जानकारीमा आएको छ । ती दुई रेष्टुरेण्टमध्ये एक सत्तारुढ नेकपाकै सांसदको समेत भएको स्रोतले जनाएको छ ।’

समाचारको यो विवरण प्रकाशित भएको दोस्रो दिननै ३० हजारको सेरोफेरोमा शेयर भयो र २ लाखको सेरोफेरोका पाठकले यसलाई पढेको पाइयो । सरकारले हेक्का राख्नुपर्छ – प्रत्यक्ष रुपमा संलग्न भएको पाठकको यो सख्या सानो होइन ।

यतिबेलासम्म पहिलो शीर्षकमा प्रकाशित भएका समाचार विवरणहरु अक्षरशः नै हुनेगरी पुष्टी भैसकेका थिए । यो समाचार प्रकाशित भएलगत्तै आरोपितपक्षले जस्तो खण्डन गरेको थियो त्यो खण्डननै आफै खण्डित भैसकेको थियो । खण्डन आफै खण्डित हुनु विरलै मध्येको एउटा हुनुपर्छ जो यहाँ भयो । इतिहासमा अभिलेख हुने खालको उनको यो खण्डन दुई दिनपनि टिकेन । आफनो निजी सचिवालयाबट जारी गराइएको खण्डन पत्रमा आरोपितले भन्न लगाएका थिए –

‘सभामुखज्यूको बारेमा आएका भ्रामक समाचारबारे खण्डन । सम्माननीय सभामुख कृष्णबहादुर महरालाई गम्भीर आरोप लगाई विभिन्न अनलाइन सञ्चार माध्यममा आइरहेका समाचारहरुप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । सभामुखज्यूलाई कल्पनै गर्न नसकिने निकै गम्भीर आरोप लगाई आएको समाचारले हामी सबैलाई निकै स्तब्ध बनाएको छ । यी निराधार, कपोलकल्पित र निकै गम्भीर आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले यस्तो भ्रममा नपर्न सबैमा जानकारी गराउँदछु । 

समाचारमा उल्लेख गरिएजस्तो ‘सभामुखज्यूले कसैलाई पनि दुर्व्यवहार गरेको कुरा’ कल्पना समेत गर्न सकिदैन। हिजो आइतबार घटना भएको भनी जसरी सभामुखज्यूको चरित्र हत्या गर्ने दुस्प्रयास भइरहेको छ त्यसमा कुनै पनि सत्यता नभएको म सम्पूर्ण मिडिया र सञ्चारकर्मी साथीहरुमा जानकारी गराउँछु। सभामुखज्यू हिजो असोज १२ गते आइतबार दिउँसो १२ बजे सिंहदरबारस्थित आफ्नो कार्यकक्षमा गएको र दिउँसो २ बजेतिर बालुवाटार निवासमा फर्किएको बाहेक उहाँ त्यसपछि अन्यत्र कहीँ नगएको पनि म यसै विज्ञप्तिबाट प्रष्ट पार्न चाहन्छु । साथै समाचारमा आएको जस्तो चस्मा, जुत्ताका कुरा पूरै निराधार भएको र उहाँको चश्मा आफैसँग रहेको र सभामुखज्यूले त्यसप्रकारको जुत्ता समेत प्रयोग नगरेको पनि यहाँ उल्लेख गर्न चाहन्छु ।

यो प्रकरणबाट जुन किसिमले सभामुखज्यूको राजनीतिक उचाई, व्यक्तित्व र प्रतिष्ठालाई सिध्याउने षड्यन्त्र भएको छ, यो निकै सुनियोजित र योजनाबद्ध रुपमा भइरहेको छ । यो जहाँबाट भयो र भइरहेको छ, यो कुनै पनि किसिमले क्षम्य हुन सक्दैन । उहाँको राजनीतिक व्यक्तित्व र छविलाई अरु कुनै पनि हतियारबाट गलाउन नसकेपछि एउटा ‘कठपुतली’ तयार गरी जसरी सामाजिक रुपमा बदनाम गर्न दुस्प्रयास गरिएको छ, यसको जति कडा शब्दमा भत्र्सना गरे पनि कम हुन्छ । सभामुखज्यूलाई लगाइएको निराधार र कपोलकल्पित आरोपप्रति कडा आपत्ति जनाउँदै त्यसमा कुनै पनि सत्यता नभएकोले भ्रममा नपर्न सबैमा पुनः विनम्र अनुरोध गर्दछु ।’

त्यो पहिलो समाचारमा उल्लेख भएको विवरण यहाँ उल्लेख जरुरी ठानिएन । त्यो आमतहमा नै पुगिसकेको छ । त्यो समाचारको खण्डन जसरी आयो, त्यसलाई फेरी एक पटक पढियोस यो ठाउँमा जेजेकुरा सत्यहोइन भनियो ती सबैसत्य सावितै भैसके । जुत्ता भेटियो, चस्मा भेटियो र दुईवजेपछि क्वाटर नछोडेको भन्ने कुरा पनि गलत नै भयो । त्यसकारण पनि होला यस्तो रिपोट गर्ने पत्रकार माथि आरोपितबाट यस्तो आक्रमण गर्न खोजेको कुरा सर्वसाधारणाबाट सह्य भएन । यो समाचारमा सहभागी सर्वसाधारणको यतिठूलो सख्याले त्यही भन्छ । 

१३ गते सम्माननीयबाट गरिएको वलात्कारको यो घटना पहिलोपटक सार्वजनिक भयो । त्यसको लगत्तै भोलिपल्ट १४ गते सत्तारुढदल नेकपाको सचिवालय बैठकले यी सभामुखलाई दुईवटै पदबाट राजीनामा दिन लगायो । १५ गते बुधवार उनले छानविन नहुँदासम्म भन्ने शर्त राखेर राजीनामा दिए सभामुख पदबाट । त्यसमा एक पूर्व सभामुखको (सुवास नेम्वाङ) प्रतिकृया आयो यही हाम्रा कुरामा । प्रतिकृया थियो –संविधानको धारा ९२ अनुसार राजीनामा दिएपछि सभामुखको पद रिक्त, राजीनामाको भाषाले अर्थ राख्दैन भन्ने । यति सानो एउटा जानकारीको समाचारमा पनि १५ सयले शेयर गरेको देखियो । त्यो जानकारीमा भनिएको थियो ‘नेपालको संविधानको धारा ९१ उपधारा (६) मा लिखित राजीनामा दिएमा सभामुख र उपसभामुखको पद रिक्त हुने व्यवस्था छ । सभामुखले लिखित राजीनामा दिएपछि पद रिक्त हुने संवैधानिक व्यवस्था रहेको हुँदा राजीनामामा उल्लेख भएका अरु कुराले खासै अर्थ राख्दैन ।’ 

यति जानकारीमा पनि यतिठूलो सख्याको सहभागिता रहनु भनेको यो विषयमा जनमत कस्तो छ भन्ने उदाहरणनै हो । त्यस्तै अर्को एउटा समाचार आयो शनिवार अपरान्हतिर । यो समाचारको विवरणमा आफूलाई बलात्कार गर्न प्रयास गरेको र त्यसको प्रतिवाद गर्दा आफूमाथि हिंसा गरेको भन्दै पीडित शाहीले नयाँ बानेश्वर प्रहरी वृत्तमा शुक्रबार उजुरी दर्ता गराएकी भन्ने व्यहोरा थियो । समाचारको यो विवरणमा भोलीपल्ट आइतवार सखारै एउटै अनलाइनमा १५ हजारको सख्या शेयर भैसकेको थियो । 

यो दिन मुद्रणका धेरै माध्यम दशैंका कारण प्रकासन भएनन तर सबै अनलाइनले यो समाचारलाई स्थान दिए । त्यसमा पाँचसय देखि दुइहजार चार हजारसम्मका दरले शेयर भएको पाइयो जो कूल जोडिँदा यो जाहेरीको समाचारमा मात्रै ३० देखि ४० हजारको आसपासमा शेयर गरिएको पाइयो । 

यता त्यसदिन यो जाहेरीमा के हुन्छ भन्ने निश्चित थिएन । जाहेरी दिइदा दम्पत्तिनै प्रहरी कार्यालय पुगेका भन्ने थियो । शुक्रबारको जाहेरीलाई प्रहरीले शनिवार अपरान्हमात्र जानकारी दिएको थियो । यसले अनुमान गर्न सकिन्छ जाहेरी पछि के हुन्छ भन्ने भन्दा पनि जाहेरीनै गर्न नदिएकोप्रति आम नागरिक एक प्रकारले आक्रोशित रहेछन । ४० हजार आसपासको शेयर हुनु भनेको पनि यो एउटा समाचार शीर्षकमा मात्रै ३–४ लाखको प्रत्यक्ष संलग्नता रहनु हो । 

यो जाहेरी सँगै प्रहरीले आइतवार अदालत खुलेपछि अदालतको आदेश लिएर महरालाई पक्रने तयारी गरेको भन्ने समाचार पनि जोडिएको थियो । तर यो कुरा प्रहरीले वताएको होइन, विज्ञहरुले प्रकृयाकाबारे जानकारी गराएका हुन ।  

यो घटना पहिलोपटक १३ गते सार्वजनिक भएको चौथो दिन, १६ गते एउटा अर्को अनलाइन (सेतोपाटी, अमित ढकाल) मा यो घटनामा कार्वाही नभएको सन्दर्भका उदाहरण दिँदै यसै गर्ने हो भने भन्ने सन्दर्भमा टिप्पणी आयो –महरालाई सभामुखमा पुनस्थापित गरियोस । त्यसको पुछारको एउटा अंश –.‘ सरकार, त्यसैले महरा प्रकरणमा मानिसको विश्वास उड्न नदेऊ। यो मौका पनि नगुमाऊ । कम्तिमा मंगलबार बालुवाटारमा प्रधानमन्त्रीको उपस्थितिमा गरेको निर्णय कार्यान्वयन गर । महरालाई नेकपाले सांसदबाट बर्खास्त गरोस् । रोशनीमाथि उनले गरेको शोषणको लामो शृंखलाबारे प्रहरीले अनुसन्धान सुरू गरोस्। श्रीमानसँग पारपाचुकेको प्रक्रिया सुरू भएपछि झनै मानसिक दबाबबाट गुज्रिरहेकी रोशनीको उपचार र संरक्षणको तत्काल पहल गरोस् ।राज्य छ, लोकतन्त्र छ, कानुनको शासन छ भन्ने कम्तीमा सानो छनक देओस् । यो सबै झमेलातिर नलाग्ने भए नेकपाले महरालाई सभामुखमा पुनस्थापित गरोस् ।’

चार दिन अघि सार्वजनिक भएका विवरणले पारेको वाछिटा नै थियो यो तर यसमा पनि ८० हजारको सख्याले आफना निकट साथीभाई वा जो हुन तिनलाइ यो विवरण पढ्न प्रेरित गरे अर्थात यो संख्यामा शेयर भयो । यो शेयर संख्याले बुझाउछ यसमा पनि पाचसात लाखकै सख्या रह्यो होला । माथि उल्लेख भैसकेको छ पहिलो पटक प्रकाशित मूल विषयले त्यसको २४ घण्टा भित्रनै करिव १० लाखको सख्यामा पाठक पाइसकेको थियो।

जव यो काण्ड सार्वजनिक भयो त्यो क्षणदेखि सभामुख महराको नाम जोडिएका जस्तासुकै विषय आएपनि त्यसमा दुईचारदेखि पाँचसात हजारको संख्यामा शेयर शेयर भैहाल्ने देखियो । हाम्राकुरा डटकमले १३ गते अपरान्ह यसलाई सार्वजनिक गरेको बेलादेखि मध्य दशैंको १९ गते विहानसम्मका  विवरणहरु हेरियो भने यो ६ दिनको क्रममा समाचार टिप्प्णी, प्रतिकृया र त्यसमा शेयर गरिएको तथा सामान्य पाठक मात्रैको सख्या एक ठाउमा राखियो भने करोड भन्दा बढीको संख्याले यो प्रकरणलाइ हेरेका र हेरिरहेका पाइन्छ । यो १९ असोजको आइतवार अपरान्ह पहिले भनिए जसरी उनी पक्राउ परे भने यो प्रकरणका पाठकहरुको अर्को निकै नै ठूलो सख्या थपिन सक्छ । 

यो घटनाको छैठौं दिन महराका पुराना मित्र वा सहयात्री, यतिखेरका समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले महरालाई एउटा खुला पत्र लेखे त्यसमा उनले गल्ती वा अपराध गरेको भए त्यसलाई स्वीकार्दै प्रायश्चित गर्नुमै महराको हित हुने बताएका थिए । 

यसको पनि हजार दुइहजार हुँदै धेरै अनलाइनमा ठूलो सख्याको शेयर भएको पाइयो । त्यो पत्रमा उनले भनेका थिए ––यदि जानेर वा नजानेर गल्ती वा अपराध भएको हो भने त्यसलाई खुला रूपले स्वीकार्नु र प्रायश्चित गर्नु नै तपाईं स्वयम क्रान्तिकारी आन्दोलन र देशको हितमा हुनेछ । भनिन्छ– गल्ती गर्नु अपराध हैन, गल्ती नसच्याउनु अपराध हो ।’

यो प्रकरण पहिलो पटक सार्वजनिक भएको पाँचौं दिन १७ गते पत्रकार (अरुण वराल, अनलाइन खवर) ले स्खलित महरा कहिलेसम्म ‘माननीय’ ? भन्ने प्रश्न उठाए आफनो अनलाइनमा । त्यसमा उनले नेकपाको सचिवालयले समामुख र सांसद पदबाट समेत राजीनामा दिन गरेको आग्रहलाई अटेर गरेको प्रसंग उल्लेख गरे । उनले थपे –‘महरा मण्डलीका यी सबै तर्क हास्यास्पद छन् । सुरक्षाकर्मीले प्रधानमन्त्री दिएको रिपोर्ट अनि सबुद प्रमाणहरुले आइतबार महरा रोशनी शाहीको कोठामा पसेको प्रमाणित गरिसकेको अवस्था छ । र, यही सबुदका आधारमा नेकपा सचिवालयले महरालाई सभामुख र सांसद पद छाड्न भनेको हो ।’ 

यो लेखमा माननीयको त्यस्तो पद नछाडिएको उल्लेख छ । त्यसैमा यो लेखले ४२ वटा प्रतिकृया र करिव ६ हजारको हाराहारीमा शेयर पायो। यस्ता अपराधीलाइ कसरी माननीय भन्ने ?  स्वाभाविक छ यो प्रश्न कम्तीमा यो लेखक र तिनका यो संख्याका पाठकमा त साझा प्रश्न उठ्यो नै । 

गएको यो एक हप्तामा अर्थात यो घटना सार्वजनिक भएपछि देशैभरी त्यस्तो एउटा घर, त्यस्तो एउटा जमघट नहोला जो यसका बारे चर्चा नभएको होस, चर्चा गरेर यस्ता व्यक्तिमाथि साधारण भन्दा साधारण व्यक्तिबाट सरकार समक्ष कडा भन्दा कडा कार्वाहीको माग नगरेको होस । कुटनितिक नियोगदेखि देशभित्रको नागरिक समाजले प्रतिकृया जनाइसक्यो कार्वाहीका लागि । तर अचम्म के देखियो भने सत्तापक्ष चाइचुइसम्म गरिरहेको छैन ।  पाठकहरुको संख्याका बारे यहाँ चर्चा गर्न खोजिएको एउटा कारणमा सत्तापक्ष र खास गरी महिलामाथि भएको अन्यायका बारे त्यसका नेतृहरुले पीडित महिलाका बारेमा एकशव्द नबोलेको अवस्थाको जानकारी कतिठूलो संख्यामा घरमा पुगिसकेको अवस्थाको संकेत पनि यो संख्याले दिएको छ ।

महराको ' फर्गेट यस्टर्डे ' मा के थियो महिलाको जवाफ?

सभामुखमाथि पिडित महिलाले भिडियोमा यस्तो बोलिन्

सभामुख कृष्णबहादुर महरामाथि जवर्जस्ती करणीको आरोप



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ