arrow

भारत जानुअघि सी जिनपिङको कश्मीर विवादमा यू–टर्न

logo
प्रकाशित २०७६ असोज २२ बुधबार
modi-Xi.jpeg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी जिनपिङले भारतको भ्रमण गर्नुअघि जम्मू–कश्मीरको विषयमा आफ्नो धारणा बदलेका छन्। चिनियाँ विदेश मन्त्रालयले कश्मीरको विषय दुई पक्षीय (भारत–पाकिस्तान) संवाद लगायतका आपसी तरीकाद्धारा समाधान हुनुपर्ने जनाएको छ । 

यसअघि चीनले यो मामलामा संयुक्त राष्ट्र संघ तथा उसको सुरक्षा परिषदको प्रस्ताव अनुसार समाधान गर्नुपर्ने बताएको थियो । 

भारत भ्रमण गर्नुअघि सीले लिएको यो यू–टर्नले पाकिस्तानलाई सम्हालिएर चल्न दवाव परेको बताइएको छ।पाकिस्तानी प्रधानमन्त्री इमरान खान चीन गए लगत्तै तथा सीको शुक्रबारबाट हुन लागेको भारत भ्रमणको पूर्व सन्ध्यामा चीनको यो भनाइ आएको हो। सीको भ्रमणको बुधबार दिल्ली र बेइजिङले एकैसाथ भारत भ्रमणबारे औपचारिक घोषणा गर्दैछन् । 

चीनले भारत र चीनबीच बुहान समिटपछि सम्बन्धमा गति मिलेको बताएको छ। दुई देशबीच उच्चस्तरीय यात्राका क्रममा व्यापारदेखि बजारसम्म आदानप्रदान हुँदै आएको छ । 

सी भारत भ्रमणपछि नेपाल आउने छन्। सीले गर्ने सडक प्रयोग वरिपरिको काठमाडौंको वातावरण कृत्रिम नै भए पनि मनमोहक पार्ने प्रयास भएको छ। 

चीन, भारत र नेपालले एकैपटक सार्वजनिक गरे सीको भ्रमणको तालिका



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ