कञ्चनपुर बेलौरी ४ का वडाध्यक्षले श्रीमती र अधिकृत बिरुद्ध दिए प्रहरीमा उजुरी
विवाहेत्तर सम्बन्धमा रहेका ऐडी र शर्मा प्रहरी हिरासतमा
प्रकाशित २०७६ असोज २२ बुधबार
735
Shares
बेलौरी। कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी तथा सञ्जु शर्मा विरुद्ध परेको विवाहेत्तर सम्बन्धको उजुरीमा दुबै जना पक्राउ परेका छन्।
शर्माका पति तथा बेलौरी नगरपालिका ४ का वडा अध्यक्षले दिएको उजुरीका आधारमा ऐडी र शर्मा पक्राउ परेका हुन्।
कञ्चनपुरको दक्षिणी क्षेत्रको बेलौरीमा निजामती सेवाका शाखा अधिकृत भोज ऐडी विरुद्ध परस्त्रीसंग सम्बन्ध राखेको आरोपमा प्रहरीमा उजुरी परेको थियो।
मालपोत कार्यालय बेलौरीमा कार्यरत ऐडी तथा आफ्नी पत्नी सञ्जु शर्मा ढकाल बिच अबैध सम्बन्ध भएको थाहा पाए पछि दुबैलाई आबश्यक कार्वाहीका लागि बेलौरी नगरपालिका वडा नम्बर ४ का वडा अध्यक्ष अर्जुन ढकालले निवेदन दिएको ईलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताए । सोहि निवेदनकै आधारमा उनीहरु बिरुद्ध कार्वाही अघि बढाइएको चन्दले बताए।
शाखा अधिकृत भोज ऐडीको घरमा श्रीमती र एक छोरी तथा महिला सञ्जुका दुई छोरा रहेका छन् ।
ऐडी मन्त्री बिना मगरका नजिकका रहेको बुझिएको छ । शाखा अधिकृत ऐडिलाई केही साता अघि प्रकृया मिचेरै मन्त्री मगरले उपसचिवको दरबन्दी हुँदाहुँदै बेलौरी नगरपालिकामा प्रमुख कार्यकारी अधिकृतको ठाउँमा सरुवा गरेकी थिइन ।
नगरपालिकामा कार्यरत उपसचिव तहका प्रमुख प्रशासकीय अधिकृतको सरुवा नहुँदै अर्को हाकिम ल्याइएको बिवाद बढे पछि ऐडीको बैतडी सरुवा भएको थियो ।