सरकार विरोधी विद्यार्थीलाई घण्टौंसम्म पिटेर होस्टेलमा हत्या
प्रकाशित २०७६ असोज २३ बिहिबार
699
Shares
काठमाडौं । सरकारको विरोध गरेपछि बंगलादेशका एक विद्यार्थीको क्रुर तरिकाले हत्या भएको छ । स्नातक तह पढिरहेका विद्यार्थीले अनलाइनका माध्यमबाट सरकारको आलोचना गरेकै कारण होस्टलमा घण्टौंसम्म कुटपिट गरेर हत्या गरिएको हो ।
अबरार फाहद नाम गरेका ती विद्यार्थीलाई कम्तिमा चार घण्टा लगातार कुटिएको उनका साथीले बताएको बीबीसीले लेखेको छ । राति ८ बजे लगिएको उनलाई निरन्तर कुटिएको बताइएको छ ।
२१ वर्षीय फाहदलाई मार्नमा सरकारमा रहेको आवामी लिग पार्टीको विद्यार्थीहरुको बंगलादेश छात्र लिग बीसीएलको हात रहेको आशंका गरिएको छ ।
फाहद बंगलादेशको ढाका विश्वविद्यालयमा इन्जिनियरिङ गर्दै थिए ।