arrow

‘भारत र चीन एक अर्काका लागि खतरा हैनन्’

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
india-china1.jpg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङ शुक्रबार भारत भ्रमणमा जाँदैछन् । दुई दिने भारत भ्रमणअघि भारतका लागि चिनियाँ राजदूत सन वेन्डङले भारत र चीन एक दोस्रोका लािग खतरा नभएको बताएका छन् । 

समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा सनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र चिनियाँ राष्ट्रपति सीबीच हुने अनौपचारिक शिखर सम्मेलनमा भारत–चीन सम्वन्धको विकासलाई लिएर चर्चा हुने बताए । 

उनले भारत र चीन विश्वकै विकासशील र बढ्दो अर्थव्यवस्था भएका देश भएकाले जिम्मेवारी पनि बढी नै रहेको उल्लेख गरेका छन् । 

सनले विश्वासका साथ भने, ‘हामीलाई लाग्छ कि यो शिखर सम्मेलनले द्धिपक्षीय सम्बन्धलाई नयाँ उचाईमा लैजाने छ । साथै विश्वमै शान्ति, स्थायीत्व र विकासमा सकारात्मक प्रभाव छाड्ने छ ।’

सी शुक्रबार २४ घण्टाका लागि चेन्नई जाँदैछन् । सी र मोदीबीच कश्मीर मुद्दाका बारेमा समेत चर्चा हुन सक्ने बताइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ