arrow

मोदी–सी वार्ता, तयार मामल्लपुरम

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
modi-Xi.jpeg

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङको दुई दिने भारत भ्रमण शुक्रबारबाट सुरु हुँदैछ । चेन्नई नजिकको तटीय शहर मामल्लपुरममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिनियाँ राष्ट्रपति सीलाई स्वागत गर्नेछन् । 

दुवैबीच अनौपचारिक शिखर सम्मेलन हुने र आपसी सम्वन्धको विकासलाई लिएर चर्चा हुने बताइएको छ ।  
सीको भ्रमणलाई सफलतापूर्वक आयोजना गर्नका लागि मामल्लपुरमलाई निकै सुरक्षा सम्वेदनशील बनाइएको भारतीय संचारमाध्यमहरुले बताएका छन् । 

शहरको सजावट रातो रंगको प्रयोग गरी गरिएको छ । यसको प्रमुख कारण चीनको राष्ट्रिय झण्डा रातो रंगको छ । 

तमिलनाडुका विभिन्न क्षेत्रमा पाँच हजारभन्दा बढी सुरक्षाकर्मी खटाइएको छ । सुरक्षालाई विशेष ध्यानमा राखेर दर्जनौं अस्थायी पुलिस चौकीसमेत बनाइएको छ । 

शहरमा ८०० सीसीटिभी क्यामरा लगाइएको छ । यसकै मद्धतबाट सडक र अन्य क्षेत्रमा २४ घण्टा निगरानी गर्न सकिने छ । 

माझीहरुलाई समुद्रमा जानबाट रोक लगाइएको छ । सुरक्षाकर्मीहरु सादा पोशाकमा समेत निगरानी गरिरहेका छन् । 

शहरका विभिन्न क्षेत्रमा रंगोलीले सजाइएको छ । विशेष स्वागतद्धार बनाइएको छ । दुई देशबीच स्थिर मजबुद सम्बन्धका बारेमा छलफल हुन सक्ने छ । 

अहिलेसम्म छलफलका एजेन्डा सार्वजनिक गरिएको छैन । मोदी र सीबीच व्यापार र कारोबारी सम्बन्ध विस्तारका लागि छलफल गर्ने दावी गरिएको छ । 

दुई देशबीचको मतभेद कम गरी सम्बन्धका केही उतारचढावलाई सहज बनाउनतर्फ लाग्ने दावी गरिएको छ । 

राजनीतिक सम्बन्ध संगसंगै करिब ३५ सय किलोमिटर लामो चीन–भारत सीमामाथि समन्वय गर्ने बारेमा समेत छलफल हुने बताइएको छ । 

मोदी र सीबीच सन् २०१८ मा चीनको वुहानमा पहिलो अनौपचारिक शिखर वार्ता भएको थियो ।   

सी भारत भ्रमण पुरा गरी शनिबार अपरान्ह काठमाडौं आइपुग्ने कार्यक्रम छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ