arrow

यसरी ल्याउने भए देउवाले १३३ भोट

logo
प्रकाशित २०७२ चैत २४ बुधबार
sher-bahadur-deuba.jpg.jpeg
काठमाडौं । नेपाली काँग्रेसको संसदीय दलको नेताका लागि तीन ओटै पक्षका नेताहरुले सांसदहरुसंग विहानै देखि छलफल गरिरहेका छन् । आफ्नो पक्षको आफुसंगै रहेको विश्वास सहित तीन ओटै समुहले अर्को पक्षका सांसदहरुलाई फोन गर्ने, भेट्न वोलाउने वा अरु कनिष्ट नेताहरुलाई परिचालन गर्ने गरेका छन् । 
 
दलको नेताका लागि आज बिहान ११ बजेदेखि २ बजेसम्म दलको कार्यालय सिंहदरबारमा मतदान हुदैछ । विद्युतीय मतदान हुने भएकाले मतगणना सुरु भएको झण्डै एक घण्टामा मतपरिणम आउने निर्वाचन समितिले जनाएको छ । 
 
२०७० साल माघ १२ गते आइतबार भएको संसदीय दलको नेताको निर्वाचनबाट निर्वाचित भएका पार्टीका तत्कालिन सभापति सुशील कोइरालाको निधन भएकाले दलको नेताको निर्वाचन फेरी गर्नु परेको हो । 
 
चैत २६ गते हुने संसदीय दल कार्यसमितिको निर्वाचनको कार्यक्रम भने आज नेताको निर्वाचन सकिएपछि मात्रै सुरु हुने समिति सदस्य गुरुराज घिमिरेले बताए ।
 
दलको विधानमा नेपालको संविधानले अङ्गीकार गरेको समानुपातिक प्रतिनिधित्वको सिद्धान्तबमोजिम महिला, दलित, आदिवासी÷जनजाति, खस आर्य, मधेसी, थारु, मुस्लिम, पिछडिएका क्षेत्रबाट उम्मेदवार हुने गरी सम्पूर्ण सदस्यबाट मतदान भई निर्वाचन जम्मा १५ जनाको व्यवस्था गरिएको छ । 
 
संसदीय दलको निर्वाचन हुने निश्चीत भएपनि देखि सुरु भएको नेताहरुको छलफल र दौडधुपका आधारमा अहिले सम्ममा देउवा पक्षले जित्ने संभावना बढी देखिएको छ । 
 
विभिन्न श्रोतहरुबाट हाम्राकुरा डटकमलाई प्राप्त जानकारी अनुसार देउवाले आफ्नो पक्षका १ सय ४ र सिटौला समुहको २९ गरी कुल १३३ ल्याउने हिसाव गरेका छन् । देउवालाई मत हाल्ने भनिएका सुरेन्द्र चौधरी मत हाल्न आउने नआउने आशंका छ भने नरहरी आचार्य विरामी छन। उनीहरु मत दिन आउन नसकेमा १३१ मत हुने छ। पौडेलको भागमा भने  ७३ मत मात्रै पर्ने देखिएको छ । पौडेल पक्षमा भनिएका शारदा पौडेल, सरस्वती बजीमय र दिलमान पाख्रिनले गएराती देउवालाई भोट हाल्ने आश्वासन दिएका छन् । 
 
यसअघि देउवालाई हराएर संसदीय दलको नेता बनेका सुशील कोईरालाले आफ्नो विश्वास पात्र मानेर संसदीय दलको प्रमुख सचेतक बनाएका चिनकाजी श्रेष्ठले पनि देउवालाई भोट दिने भएका छन् । देउवा पक्षीय सांसद उमेश श्रेष्ठको समन्वयमा श्रेष्ठले देउवा पक्षमा नदेखिईकन देउवालाई भोट हाल्ने बचन दिएको एक नेताले जानकारी दिएका छन् । चिनकाजीलाई मंगलवार देउवाकहाँ काग्रेस नेता पूर्ण बहादुर खड्काले राखेर कुरा गरेका थिए। पौडेल पक्षका मानिएका ४ जनाले पनि देउवालाई मत दिएमा पौडेलको मत ६९मा सिमित हुने देखिएको छ। त्यो अवस्थामा देउवाको भने १३५ देखि १३७ सम्म मत पआउने अनुमान गरिएको छ। 
 
देउवा पक्षीय नेता विमलेन्द्र निधिले अहिले सम्मको अवस्थामा १ सय ३२ देखि १ सय ३५ सम्म भोट देउवाको पक्षमा खस्ने विष्लेशण गरेका छन् ।  पार्टी सभापति देउवा भएपछि समानुपातिक सांसद र आगामी दिनको राजनीतिमा पनि सभापतिको सहयोगको अपेक्षा गर्नेहरुले देउवालाई समर्थन गर्दा पौडेल पक्षका सासंसदहरुको संख्या घट्ने देखिएको हो। पार्टीभित्रको सत्ताको प्रभाव स्वत परिहाल्छनी एक देउवा पक्षीय नेताले भने। 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ