arrow

निशान गाडी दुर्घटना हुँदा दुई जनाको मृत्यु, १५ घाइते

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
accident-final.jpeg

बनेपा । काभ्रेपलाञ्चोकमा दुर्घटनामा परी शुक्रबार दुई जनाको मृत्यु भएको छ । पन्ध्र जना घाइते भएका छन् । महाभारत गाउँपालिका–२ थामबाट बनेपातर्फ आउँदै गरेको बा३ख ३५९५ नं को निसान गाडी रोशी गाउँपालिका–३ साँझाकोटमा दुर्घटना भएको हो । 

मृत्यु हुनेमा महाभारत गाउँपालिकाका प्रकाश मोक्तान र वकिल बोम्जन रहेको प्रहरी उपरीक्षक जयराज सापकोटाले जानकारी दिए । 

मोक्तान र बोम्जनको घटनास्थलमै मुत्यु भएको हो । दुर्घटनामा घाइते भएका यात्रुको स्थानीयवासी र प्रहरीले उद्धार गरेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ