arrow

मोदीले चुनावी प्रचार प्रसार गर्ने, यस्तो छ तालिका

logo
प्रकाशित २०७६ असोज २४ शुक्रबार
narendra-modi1.jpg

मुम्बई । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी यही अक्टोबर १३ देखि १८ तारिखसम्म महाराष्ट्र क्षेत्रमा चुनावी प्रचार प्रसारमा लाग्ने भएका छन् ।    
     
आफ्नो पार्टी भारतीय जनता पार्टी (भाजपा)का उम्मेदवारहरुलाई विजयी गराउन उनले चुनावी अभियानमा सहभागिता जनाउन लागेका हुन् ।     
     
मुम्बईमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रीय मन्त्री तथा भाजपा नेतृ स्मृती इरानीले प्रधानमन्त्री मोदीको महाराष्ट्र भ्रमणका बारेमा जानकारी दिएकी हुन् । 
     
पार्टीका नेता कार्यकर्ताहरुलाई मार्गनिर्देश गर्न र उम्मेदवारहरूको पक्षमा आह्वान गर्न मोदी झण्डै एक हप्ता महाराष्ट्रमा रहने उनले बताइन् ।      
     
प्रधानमन्त्री मोदीले अक्टोबर १३ तारिखका दिन जाल्गौन र साकोलीमा आयोजना गरिने चुनावी र्यालीमा सहभागिता जनाउने छन् ।   
     
त्यसैगरी उनले अक्टोबर १६ तारिखका दिन अकोला, पन्भेल र पार्टुरमा आयोजना गरिने तीन कार्यक्रमलाई सम्वोधन गर्ने तालिका रहेको इरानीले बताइन् । 
     
उनका अनुसार अक्टोबर १७ तारिखमा भने मोदीले पुने, सतरा र वोर्लिमा हुने सार्वजनिक ¥यालीमा सहभागिता जनाउने छन् ।      
     
त्यसैगरी अभियानको अन्तिम दिन अक्टोबर १८ तारिखमा प्रधानन्त्री मोदीले मुम्बईमा राहत तथा सहयोगका विभिन्न कार्यक्रमहरु पनि घोषणा गर्नेछन् । 
     
भारतको महाराष्ट्र राज्यमा यही अक्टोबर २४ तारिखका दिन निर्वाचन तय भएको छ ।     
     



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ