arrow

चेन्नाईको समुद्र किनारमा फोहर उठाउँदै मोदी

logo
प्रकाशित २०७६ असोज २५ शनिबार
modi2.JPG

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले समुद्रमा ३० मिनेटसम्म फोहर उठाएर सफाइ अभियानलाई सशक्त बनाउन सन्देश दिएका छन् । 

चिनियाँ राष्ट्रपति सी चिनफिङ भारत भ्रमणमा रहेका बेलामा चेन्नाईको महाबलिपुरममा स्वागत गर्न गएका मोदीले शनिबार बिहान समुद्री किनारमा भएका फोहर उठाएका हुन् । 

खाली खुट्टा बिहानी यात्रामा लागेका उनले आफूले जम्मा गरेको फोहर होटलका कर्मचारी जेयराजलाई दिएको पनि ट्वीटरमा जनाएका छन् । https://twitter.com/narendramodi

मोदीले सार्वजनिक स्थल सफा सुग्घर राख्न पनि आग्रह गरेका छन् । उनले ‘स्वस्थ्य र तन्दुरुष्ट हुनका लागि’ पनि सफासुग्घर गर्न जरुरी रहेको सन्देश दिएका छन् । 

मोदी खाली खुट्टा समुद्री तटमा पनि हिँडेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ